इन्डियन प्रिमियर लिग

शीर्ष दुई टोलीको भिडन्त

कोलकाता

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औँ संस्करणमा मंगलबार शीर्ष दुई टोलीबिच भिडन्त हुँदैछ । खेल कोलकातास्थित इडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी आइपिएलमा यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । राजस्थान १० अंकसहित पहिलो र कोलकाता आठ अंकका साथ दोस्रो स्थानमा छन् ।

कोलकाताले पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । यसैगरी राजस्थानले ६ खेलमा पाँच जित निकाल्दा एक हार ब्यहोरेको छ ।

कोलकाता श्रेयस अय्यर र राजस्थान सन्जु स्यामसनको कप्तानीमा मैदान उत्रिनेछन् ।

इन्डियन प्रिमियर लिगमा हालसम्म कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिच कुल २८ खेल भएको छ । जसमा कोलकाता १४ र राजस्थान १३ खेलमा विजयी भएका छन् । एक खेल भने नतिजाविहिन भएको छ ।