अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो ट्वान्टी २० मा श्रीलंका विजयी

फाइल फोटो

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध महिला अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा श्रीलंका सात विकेटले विजयी भएको छ ।

श्रीलंकाको जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा दक्षिण अफ्रिका ७९ रनले विजयी भएको थियो ।

सेनविस पार्क क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १२८ रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकाका लागि भिष्मी गुनारत्नेले ५७ बलमा नौ चौका र एक छक्काको मद्दतले अविजित ६५ रनको योगदान दिइन् । यसैगरी काभिशा दिलहारीले अविजित ४५ र हर्षिता समराविक्रमाले १६ रन बनाए ।

चौथो विकेटका लागि गुनारत्ने र दिलहारीले अविजित ७६ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि तुमी सेखुखुने, क्लो ट्रियोन र कप्तान नादिनी डी क्लार्कले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३७ रनको योगफल तयार पार्यो ।

दक्षिण अफ्रिकाका लागि एनेक बोशले ४२ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरिन् । यसैगरी म्यारिजेन केपले ४४ र नादिनी डी क्लार्कले अविजित १६ रन बनाए ।

दोस्रो विकेटका लागि बोश र केपले ५८ रनको साझेदारी गरे ।श्रीलंकाका लागि अचिनी कुलसूरियाले दुईतथा इनोशी प्रियदर्शनी,काभिशा दिलहारी र कप्तान चमिरा अथापथुले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा निर्णायक खेल बुधबार हुनेछ ।