विश्वकप एसिया छनोट

उत्तर कोरियासँगको खेल स्थगित भएपछि जापान विजेता घोषित

काठमाडौं । फिफा विश्वकप एसिया छनोट दोस्रो चरण अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ ।

उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो । तर उत्तर कोरियाले खेल रद्द गर्नुको कारण भने खुलाएको छैन । 

खेल स्थगित भएपछि विश्व फुटबलको उच्च निकाय फिफाले जापानलाई ३-० ले विजेता घोषित गरेको हो ।  

समुह ‘बी’को जापान तीन खेलमा नौं अंकसहित शीर्ष स्थानमा छ । उत्तर कोरिया तीन खेलमा तीन अंक जोडेको उत्तर कोरिया तेस्रो स्थानमा छ।