एसएमएस फ्रेन्डसिप कप

गुजरातको सामना गर्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार आयोजक गुजरात क्रिकेट संघको सामना गर्दैछ ।  

खेल नेपाली समय अनुसार २ः४५ बजेदेखि सुरु हुनेछ ।

अप्रिल ७ सम्म हुने प्रतियोगितामा यी दुईसँगै बरोडा क्रिकेट संघ सहभागी छ । नेपालले आइसिसी ट्वान्टी २० विश्वकपको तयारी स्वरूप यो प्रतियोगिता खेल्न लागेको हो ।

ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

नेपाली टोली 
रोहितकुमार पौडेल (कप्तान) ,आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायाण राजवंशी, प्रतिस जिसी,अविनाश बोहरा,आकाश चन्द