एसिसी महिला एसिया कप

एसिसी महिला एसिया कपः नेपाल कठिन समूहमा

काठमाडौं । एसिसी महिला एसिया कपमा नेपाल कठिन समूहमा परेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले मंगलबार सर्वाजनिक गरेकाे खेल तालिका र समूह विभाजन अनुसार समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन्।

यस्तै समूह ‘बी’ मा आयोजकश्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।

एसिया कप जुलाई १९ देखि २८सम्म हुँदैछ । नेपालले जुलाई १९मा पाकिस्तासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।

यसैगरी नेपालले जुलाई २१ मा युएई र २३ मा भारतको सामना गर्नेछ । 

नेपालले कसरी खेल्न पायो एसिया कप

एसिसीले पहिला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइिसिसी)को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसिसी महिला प्रिमियर कपको फाइनल खेल्ने दुई टोलीलाई एसिया कप खेलाउने नियम बनाएको थियो।

तर, पछि एसिसीले मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितमा सहभागिता जनाउने अवसर पाएको हो । 

योसँगै नेपाली महिला टोलीले  तेस्रो पटक एसिया कपमा सहभागिता जनाउने भएको छ। नेपालले यसअघि २०१२ र २०१६ मा एसिया कप खेलेको थियो। तर, नेपाल समूह चरणबाटै बाहिरिएको थियो।