चैत्र ८, २०८२ आइतबार | ०१:१७:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

राष्ट्रिय बक्सिङ प्रतियोगिताः पुरन र मन्सुबको विजयी सुरुआत

काठमाडौं । नेपाल एपिएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष ५७ केजी तौल समूहमा पुरनले मधेश प्रदेशका रबन अलीलाई पराजित गरे । मन्सुबले गण्डकी प्रदेशका चन्द्रबहादुर थापाबाट वाकओभर पाए ।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५१ केजीका लुम्बिनीका भरत पुनले गण्डकीका रोकी गुरुङ तथा एपीएफका प्रदीप महर्जनले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथलाई हराए ।

पुरुष ६३ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्दले बागमती प्रदेशका सोहन राई तथा कोशी प्रदेशका एक्लिश शाहीले कर्णाली प्रदेशका रिजन गुरुङलाई पराजित गरे ।


महिला ५७ केजीमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले बागमतीकी पेमा शेर्पा तथा ६० केजीमा आर्मीकी ललिता महर्जनले लुम्बिनीकी सुजनकुमारी कुमालमाथि जित दर्ता गरे ।

पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले कोशीका प्रशान्त दाहालको चुनौती पन्छाए । पुरुष ८० केजीमा नेपाल प्रहरी क्लबका प्रदीप पार्कीले मधेशका सरोजकुमार श्रेष्ठ तथा बागमतीका पासाङ शेर्पाले लुम्बिनीका अमर पल्लीलाई पराजित गरे ।

प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे । सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिति थियो ।

प्रतियोगिताको पुरुषमा ७ र महिलामा ६ गरी १३ स्पर्धामा १०५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले २५ हजार, १५ हजार ७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो