त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाआफ्नो खेलमा नामिबियासामू  १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै  १८० रनको योगफल तयार पार्यो ।

नेपालका लागि कुशल मल्लले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसैगरी आरिफ शेखले ३१, गुल्सन झाले २६, अनिल शाहले २३, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए ।

पाँचौं विकेटका लागि कुशल र आरिफले ८५ रनको साझेदारी गरे । नामिबियाका लागि बेन शिकोन्गोले तीन, ज्याक ब्रसेलले दुई तथा रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्टी इएटन र बेर्नार्ड स्कोल्ट्जले समान एक विकेट लिए ।