त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नामिबियाविरुद्ध कुशलको अर्धशतक

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाकाे आफ्नो खेलमा नामिबियाविरुद्ध कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले ३० बलमा चार छक्का र एक चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।  अन्तर्राष्ट्रिय ट्वान्टी २० मा कुशलको यो चौथो अर्धशतक हो ।

कुशललाई आरिफ शेखले ३१ रन बनाएर साथ दिइरहेका छन् ।  नेपाल १६.२ ओभरमा चार विकेट गुमाउँदै १४९ रन बनाएर खेलिरहेकाे छ ।