त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेपालको मध्यम सुरुआत

फाइल फोटो

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाकाे आफ्नो खेलमा नामिबियाविरुद्ध पावर प्ले ९(सुरुआती ६ ओभर) मा मध्यम ब्याटिङ सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले ६ ओभरमा दुई विकेट दुई गुमाउँदै ५१ रन बनाएको छ ।

नेपालका लागि अनिल शाह २३ र गुल्सन झा १३ रन बनाएर खेलिरहेका छन् । त्यसअघि कप्तान रोहितकुमार पौडेल १० र आसिफ शेख एक रन बनाएर आउट भए ।

दोस्रो ओभरको पहिलो बलमा आसिफलाई  बेन शिकोन्गोले बोल्ड गरे । चौथो ओभरको चौथो बलमा रोहिलाई ज्याक ब्रसेलले कप्तान जेजे स्मिथबाट क्याच गराए ।