त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

टस हारेर नेपाल ब्याटिङमा

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर  फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतियोगितामा नेपाल पहिलो र नामिबिया दोस्रो जितको खोजीमा छन् । सअघि नेपालले नामिबियासँथ २० र नेदरल्यान्ड्ससँथ दुई रनको हार ब्यहोरेको थियो ।

नामिबिया नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

नेपाली टोलीमा आज तीन परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललितनारायण राजवंशी बेन्चमा रहँदा अनिल शाह, अविनाश बोहोरा र आरिफ शेखलाई मौका दिइएको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अविनाश बोहोरा,  आरिफ शेख