पाँचपोखरी ट्वान्टी २० जिल्लास्तरीय क्रिकेट

जिल्लास्तरीय क्रिकेटः भोटेचौरको विजयी सुरुआत

काठमाडौं । भोटेचौर स्पोर्टस क्लबले पाँचपोखरी ट्वान्टी २० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा सोमबार भोटेचौरले चौतारा साँगाचोकगढी नगरपालिकालाई ४१ रनले पराजित गरेको हो । यो हारसँगै चौतारा साँगाचोकगढी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।

भोटेचौरले प्रस्तुत गरेको ८६ रनको सामान्य लक्ष्य पछ्याएको चौतारा साँगाचोकगढी ४४ रनमै समेटियो । चौतारा साँगाचोकगढीका लागि निरन्जन कुँवरले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भोटेचौका लागि सरिन कार्कीले तीन ओभरमा एक मेडनसहित  चार खर्चिएर चार विकेट  लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भोटचौरले निर्धारित २० ओभरमा ८५ रनको योगफल तयार पारेको थियो । भोटेचौरका लामगि राजिव चौलागाईले १७, अविशेक चौलागाईले १४ रन र कुशल चौलागाईको १३ रन  बनाए ।

चौतारा साँगाचोकका लागि विनोद गौतमले तीन, सुनिल श्रेष्ठ र विजय नापितले समान दुई विकेट लिए ।

यसैगरी दिनको पहिलो खेलमा आयोजक पाँचपोखरी क्रिकेट क्लबले द माइटी साँगाचोकलाई ५६ रनले पराजित गर्यो ।