आइसिसी विश्वकप लिग-२

नामिबियाले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र नेदरल्यान्ड्स सम्मिलित शृंखलाको आफ्नो अन्तिम खेलमा नामिबियाले नेदरल्यान्ड्सविरुद्ध २४ रनको जित निकालेको छ ।

जितसँगै नामिबियाले चार खेलकमाट ६ अंक जोडेको छ । पराजित नेदरल्यान्ड्सको तीन खेलबाट दुई अंक छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार नामिबियाले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३.५ ओभरमा १७९ मा समेटियो ।

नेदरल्यान्ड्सका लागि नोआ क्रसले अविजित ४६, म्याक ओ डोउडले ४१, बास डी लिडेले २४, शरिज अहमदले १९, तेजा नन्दामनुरुले १४ र साइब्रान्ड एङ्गेलब्रेख्तले १० रन बनाए ।

नामिबियाका लागि ज्याक ब्रसेल र कप्तान जोर्रार्ड इरास्मसले तीन, बेर्नार्ड स्कोल्ट्जले दुई तथा रुबेन ट्रम्पलम्यान र जान निकोल लोफ्टी इएटनले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै २०३ रनको योगफल तयार पार्यो ।

नामिबियाका लागि जान निकोल लोफ्टी इएटनले ४९, मलान क्रुगरले ३९, जान फ्रेइलिंकले ३४, रुबेन ट्रम्पलम्यानले अविजित २३, जान ग्रिनले २२, कप्तान जोर्रार्ड इरास्मसले १२ र माइकल भान लिंगनले १० रन बनाए ।

नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन, आर्यन दत्त र रोलोफ भान डेर मार्वीले समान दुई तथा शरिज अहमद र साइब्रान्ड एङ्गेलब्रेख्तले समान एक विकेट लिए ।

नेदरल्यान्ड्सले अन्तिम खेलमा आइतबार नेपालको सामना गर्नेछ ।