पुस १६, २०८२ बिहीबार | ००:२५:५३
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन सावित्रा भण्डारी

सावित्राका ५० गोलका ५ तथ्य

काठमाडौं । ५० गोल, नेपाली महिला फुटबल इतिहासमा यो अद्वितीय प्रदर्शन नै हो । सावित्रा भण्डारीले यही उपलब्धि हात पारेकी छन् । यो कोसेढुंगा सावित्राले साउदी अरेबियामा भइरहेको वाफ फुटबल च्याम्पिनयसिप २०२४ पार गरेकी हुन् ।

इराकविरुद्ध प्राप्त ५-० को जितमा उनले पाँचै गोल गरिन् । खेल सकिएको केही समयपछि उनी सामाजिक सञ्जालमा देखा परिन् र आफ्नो ५० गोलको कोसेढुंगा प्रदर्शनमा खुसी व्यक्त गरिन् । सावित्रा अर्थात् साम्बा अझै भन्नुपर्दा उनी ‘गोल मेसिन’ ।

त्यसको सार थियो, जे-जतिले उनको यो यात्रामा साथ दिए तिनीहरू सबैलाई धन्यवाद । सन् २०१४ बाट सुरु भएको सावित्राको अन्तर्राष्ट्रिय फुटबल यात्राले एक दशक पनि छोइसकेको छ । यसबीच उनले ४४ खेल खेलेकी छन् । खेलको औसतभन्दा पनि बढी गोल गरे । यसबीच केही उतारचढाव आए । एक समय चोटले उनलाई असाध्यै दुःख थियो । तर, प्रत्येक चुनौती पार गर्दै उनले गोलको अर्धशतक बनाएकी छन् । भन्न कर लाग्छ, स्याबास साम्बा ।

सावित्राको ५० गोल यात्राका मुख्य पाँच तथ्य यस्ता छन्: 

१. सावित्राले सन् २०१४ को वुमेन्स साफ च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्युको अवसर पाइन् । ठाउँ थियो पाकिस्तानको इस्लामावाद । त्यसमा नेपाल ८-० ले विजयी रहेको थियो । खेलको अन्त्यतिर सब्स्टिच्युटका रूपमा छिरेकी साम्बाले एक गोल गरिन् । उनलाई डेब्युको अवसर दिने प्रशिक्षक थिए, कुमार कटुवाल ।

२. सावित्राले अहिलेसम्म पाँच ह्याट्रिक गरेकी छन् नेपालका लागि । त्यसमध्ये पछिल्लो तीन गोल वा त्यो भन्दा माथिको प्रदर्शन त इराकविरुद्ध नै रह्यो । सन् २०१६ को वुमेन्स साफ च्याम्पियनसिपमा भुटानविरुद्ध ६ र माल्दिभ्सविरुद्ध पाँच गोल गरिन् । भारतको सिलगुढीमा भएको त्यस प्रतियोगितामा उनले एक्लै १२ गोल गरिन् । यो नै उनको अहिलेसम्मको उच्च प्रदर्शन हो ।

३. नेपालका लागि सावित्राले ४४ खेल खेलेकी छन् । त्यसमध्ये २५ खेलमा गोल गरेकी छन् । उनको नेपालका लागि गोल गर्नुको अर्थ हो टिम विजयी रहनु । सावित्राले गोल गरेका २५ खेलमध्ये १७ खेलमा नेपाल विजयी छ ।  चार खेल बराबरीमा टुंगिदा चार खेलमा भने नेपाल पराजित छ ।

४. कुनै समय त्यस्तो आएको थियो, जतिबेला डर थियो, कतै सावित्राको खेल जीवन चाँडै टुंगिने त होइन ? सन् २०१९ मा उनले घुँडाको चोट बोकिन् । लामै समय जस्तो मैदान बाहिर रहिन् । फेरि एकपल्ट उनलाई सन् २०२२ मा डेंगुले पनि दुःख दियो । दुवै अवसरमा उनको पुनरागमन दमदार रह्यो ।

५. नेपाल अहिले साउदी अरेबियाको जेद्दामा चलिरहेको वाफ वुमेन्स च्याम्पियनसिपमा सावित्राले ६ गोल गरिसकेकी छन् । उनीसामु प्रतियोगिताको उच्च गोलकर्ता हुने अवसर पनि छ । आफ्नो खेल जीवनकै कुनै एक खास प्रतियोगितामा सबैभन्दा बढी गोलको कीर्तिमान बनाउने अवसर हुनेछ ।