चैत्र २, २०८२ सोमबार | ०६:१३:५७
फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित
शनिबारको दिन सावित्रा भण्डारी

सावित्राका ५० गोलका ५ तथ्य

काठमाडौं । ५० गोल, नेपाली महिला फुटबल इतिहासमा यो अद्वितीय प्रदर्शन नै हो । सावित्रा भण्डारीले यही उपलब्धि हात पारेकी छन् । यो कोसेढुंगा सावित्राले साउदी अरेबियामा भइरहेको वाफ फुटबल च्याम्पिनयसिप २०२४ पार गरेकी हुन् ।

इराकविरुद्ध प्राप्त ५-० को जितमा उनले पाँचै गोल गरिन् । खेल सकिएको केही समयपछि उनी सामाजिक सञ्जालमा देखा परिन् र आफ्नो ५० गोलको कोसेढुंगा प्रदर्शनमा खुसी व्यक्त गरिन् । सावित्रा अर्थात् साम्बा अझै भन्नुपर्दा उनी ‘गोल मेसिन’ ।

त्यसको सार थियो, जे-जतिले उनको यो यात्रामा साथ दिए तिनीहरू सबैलाई धन्यवाद । सन् २०१४ बाट सुरु भएको सावित्राको अन्तर्राष्ट्रिय फुटबल यात्राले एक दशक पनि छोइसकेको छ । यसबीच उनले ४४ खेल खेलेकी छन् । खेलको औसतभन्दा पनि बढी गोल गरे । यसबीच केही उतारचढाव आए । एक समय चोटले उनलाई असाध्यै दुःख थियो । तर, प्रत्येक चुनौती पार गर्दै उनले गोलको अर्धशतक बनाएकी छन् । भन्न कर लाग्छ, स्याबास साम्बा ।

सावित्राको ५० गोल यात्राका मुख्य पाँच तथ्य यस्ता छन्: 

१. सावित्राले सन् २०१४ को वुमेन्स साफ च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्युको अवसर पाइन् । ठाउँ थियो पाकिस्तानको इस्लामावाद । त्यसमा नेपाल ८-० ले विजयी रहेको थियो । खेलको अन्त्यतिर सब्स्टिच्युटका रूपमा छिरेकी साम्बाले एक गोल गरिन् । उनलाई डेब्युको अवसर दिने प्रशिक्षक थिए, कुमार कटुवाल ।

२. सावित्राले अहिलेसम्म पाँच ह्याट्रिक गरेकी छन् नेपालका लागि । त्यसमध्ये पछिल्लो तीन गोल वा त्यो भन्दा माथिको प्रदर्शन त इराकविरुद्ध नै रह्यो । सन् २०१६ को वुमेन्स साफ च्याम्पियनसिपमा भुटानविरुद्ध ६ र माल्दिभ्सविरुद्ध पाँच गोल गरिन् । भारतको सिलगुढीमा भएको त्यस प्रतियोगितामा उनले एक्लै १२ गोल गरिन् । यो नै उनको अहिलेसम्मको उच्च प्रदर्शन हो ।

३. नेपालका लागि सावित्राले ४४ खेल खेलेकी छन् । त्यसमध्ये २५ खेलमा गोल गरेकी छन् । उनको नेपालका लागि गोल गर्नुको अर्थ हो टिम विजयी रहनु । सावित्राले गोल गरेका २५ खेलमध्ये १७ खेलमा नेपाल विजयी छ ।  चार खेल बराबरीमा टुंगिदा चार खेलमा भने नेपाल पराजित छ ।

४. कुनै समय त्यस्तो आएको थियो, जतिबेला डर थियो, कतै सावित्राको खेल जीवन चाँडै टुंगिने त होइन ? सन् २०१९ मा उनले घुँडाको चोट बोकिन् । लामै समय जस्तो मैदान बाहिर रहिन् । फेरि एकपल्ट उनलाई सन् २०२२ मा डेंगुले पनि दुःख दियो । दुवै अवसरमा उनको पुनरागमन दमदार रह्यो ।

५. नेपाल अहिले साउदी अरेबियाको जेद्दामा चलिरहेको वाफ वुमेन्स च्याम्पियनसिपमा सावित्राले ६ गोल गरिसकेकी छन् । उनीसामु प्रतियोगिताको उच्च गोलकर्ता हुने अवसर पनि छ । आफ्नो खेल जीवनकै कुनै एक खास प्रतियोगितामा सबैभन्दा बढी गोलको कीर्तिमान बनाउने अवसर हुनेछ ।