नेपाली क्रिकेट

शिला र सुमन अस्ट्रेलिया जादै

काठमाडाैं । नेपाली महिला क्रिकेटर शिला रेग्मी क्षेत्री र सुमन खतिवडा अस्ट्रेलिया जाने भएका छन् । उनीहरु सिड्नी युनिर्भसिटी क्रिकेट क्लबको निमन्त्रणामा शनिबार अस्ट्रेलिया प्रस्थान गर्दैछन् ।

 दुवैले गण्डकी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्छन् । सुमन खतिवडा भर्खरै सम्पन्न प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट ब्याटर  चुनिएकी थिइन् । शिला अलराउन्डरको भुमिकामा खेल्दै आइरहेकी छन् ।

अस्ट्रेलियाका पुर्वकप्तान एलेक्स ब्ल्याकवेल सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका प्रमुख प्रशिक्षकका रूपमा छन् । शिला र सुमन दुवैले एलेक्सबाट ब्ल्याकवेलबाट प्रशिक्षणहरु लिनेछन् । साथै उनीहरुले हाई लेभलको प्रशिक्षण पनि प्राप्त गर्ने सिड्नी युनिर्भसिटी क्रिकेट क्लबले जनाएको छ ।

शिलाले न्यु साउथ वेल्स क्रिकेट प्रतियोगिताका लागि भोलेन्टियर कोच रुपमा पनि भुमिका निर्वाह गर्नेछिन । यस्तै उनले सिड्नी युनिर्भसिटी क्रिकेट क्लबको युवा टोलीमा सहायक प्रशिक्षकको भुमिका समेत निर्वाह गर्ने बताइएको छ ।

सुमनले सिड्नी युनिर्भसिटी क्रिकेट क्लबबाट न्यु साउथ वेल्स क्रिकेट प्रतियोगिता खेल्ने क्लबले जनाएको छ । साथै उनले अस्ट्रेलिया बसाईको क्रममा पहिलो तथा दोस्रो श्रेणीका खेलहरु पनि खेल्नेछिन् ।

दुवै तीन वर्षका लागि अस्ट्रेलिया जान लागेका हुन् । तर देशका लागि आवश्यक पर्दा उनिहरु उपलब्ध हुनेछन् ।

उनीहरुलाई गण्डकी प्रदेश महिला क्रिकेट टोलीका प्रशिक्षक गोविन्द प्रधान, कास्की जिल्ला महिला क्रिकेट टोलीका प्रशिक्षक ऋषि शर्मा, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष तथा कास्की जिल्ला क्रिकेट संघका कोषध्यक्ष विरेन्द्र पुनलगातयतले बिदाइ गरे ।