काठमाडौं । फ्रान्ज बेकेनवाउरको गत आइतबार निधन भयो । ७८ वर्षमा धर्ती छाडेका उनलाई जर्मन फुटबलकै सर्वकालीन महान् खेलाडी मानिन्थ्यो । जर्मनीका लागि मात्र होइन, दोस्रो विश्वयुद्धपछिको विश्व फुटबलकै लागि उनी सर्वाधिक महत्त्वपूर्ण व्यक्तित्व थिए ।
त्यसबेलाको विश्वमा असाध्यै सिर्जनात्मक खेलाडी मानिने बेकेनवाउर पश्चिम जर्मनीका कप्तान थिए । उनकै कप्तानीमा हो, पश्चिम जर्मनीले सन् १९७४ को विश्वकप जितेको । कालान्तरमा उनी जर्मन राष्ट्रिय टिममा फर्किए । यो फगत पश्चिम जर्मनी मात्र थिएन, बरु एकताबद्ध जर्मनी थियो । उनी यो टिमको प्रशिक्षक बने, लगातार दुई पटक विश्वकप फाइनलमा पुर्याए । सन् १९९० मा त च्याम्पियन नै बनाए ।
जर्मनीलाई विश्वकप विजेता बनाएर बाहिरिएका बेकेनवाउर त्यसपछि कहिल्यै कुनै राष्ट्रिय टिमको प्रशिक्षक बनेनन् । फ्रान्स गए, मार्से सम्हाले । त्यहाँ आधा सिजन रहेका उनी जर्मनी नै फर्किए । जहाँ उनलाई बायर्न म्युनिखको जिम्मा दिइयो । बायर्नलाई उनले बुन्डेसलिगा र यूइएफए कपमा सफलता दिलाए ।
बायर्न घरेलु फुटबलमा मात्र होइन युरोपमा पनि उस्तै शक्तिशाली हुँदा नेतृत्व बेकेनवाउरको थियो । कप्तानका रुपमा उनले आफ्ना क्लब र राष्ट्रिय टिमलाई फुटबलका सर्वाधिक ठूला पुरस्कारहरु त दिलाए नै, साथै आफ्नो खेल शैलीलाई पनि स्थापित गराए ।
खेलाडीका रुपमा बेकेनवाउरले विश्वकप मात्र जितेनन्, युरोपियन च्याम्पियन पनि बने । क्लब फुटबलमा उनले जितेका उपाधि हुन्, पाँच बुन्डेसलिगा र तीन युरोपियन कप । अहिलेको च्याम्पियन्स लिग बेकेनवाउरको पालामा युरोपियन कपको स्वरुपमा थियो ।
बायर्न घरेलु फुटबलमा मात्र होइन युरोपमा पनि उस्तै शक्तिशाली हुँदा नेतृत्व बेकेनवाउरको थियो । कप्तानका रुपमा उनले आफ्ना क्लब र राष्ट्रिय टिमलाई फुटबलका सर्वाधिक ठूला पुरस्कारहरु त दिलाए नै, साथै आफ्नो खेल शैलीलाई पनि स्थापित गराए । उनी बुद्धिमतापूर्वक खेल्थे, खेल शैलीकै कारण उनी हरेक फुटबल प्रेमीका प्रिय खेलाडी थिए ।
सन् १९६० दशकको बीचतिर बायर्न बुन्डेसलिगामा थिएन । यो त्यतिबेलको कुरा हो, जतिबेला बेकेनवाउर किशोर थिए । उनले जुन, १९६४ मा बायर्नबाट ‘डेब्यु’ गरे । एक वर्षपछि बायर्न जर्मन फुटबलको शीर्ष श्रेणीमा बढुवा भयो । त्यसपछि बायर्न विस्तारै जर्मन फुटबलको नयाँ शक्तिमा रुपान्तरण भयो । सँगै बेकेनवाउरको चर्चा पनि चुलिन थाल्यो ।
किशोरावस्था नकट्दै बेकेनवाउर सबैको नजरमा परिसकेका थिए । भन्नेले त के पनि भन्छन् भने, टोटल फुटबलको अवधारणा उनले नै सुरु गरेका हुन् । त्यो पनि किशोर उमेरमै छँदा । यो त्यतिबेलाको कुरा हो, जतिबेला युरोपेली क्लब फुटबलमा इटालीका क्लबहरु अरुलाई गन्दैन थिए । फुटबलप्रेमीले सर्वाधिक पछ्याउने क्लब एसी मिलान, इन्टर मिलान, युभेन्टस हुन्थे ।
कुनै दिन बेकेनवाउर पनि इन्टरको खेल हेर्दै थिए । इन्टरका तत्कालीन लेफ्ट ब्याक जियासिन्टो फाचेटी उनलाई गजब लाग्थ्यो । फाचेटी आफ्नो स्थानबाट अघि बढेर विपक्षीको पोस्टमा खुबै धावा बोल्थे । फाचेटीलाई हेर्दाहेर्दै बेकेनवाउरले सोच्न थाले, रक्षकले किन बीचबाट आक्रमण नबुन्ने ? किन विंगबाट मात्र बल अघि बढाउने ?
सन् १९७४ देखि १९७६ बायर्न तीन पटक युरोपेली च्याम्पियन बनेको थियो । त्यसअघि आयाक्सले उपाधिमा ह्याट्रिक गरेको थियो । तर बेकेनवाउरको उदयसँगै बायर्न बलिष्ठ बन्यो ।
यही विचारमा टेकेर बेकेनवाउर लिबेरो बने । अट्याकिङ लिबेरो । बेकेनवाउरको यो अवधाराणाले बायर्नमा स्थान सुरक्षित गर्यो । त्यति मात्र कहाँ हो र, सन् १९७० को दशकमा बायर्नको प्रतिद्धन्द्धी मानिने आयाक्सले समेत अट्याकिङ लिबेरो खेलाउन थाल्यो ।
सन् १९७४ देखि १९७६ बायर्न तीन पटक युरोपेली च्याम्पियन बनेको थियो । त्यसअघि आयाक्सले उपाधिमा ह्याट्रिक गरेको थियो । तर बेकेनवाउरको उदयसँगै बायर्न बलिष्ठ बन्यो । उसो त क्लब फुटबलमा बायर्नलाई सर्वाधिक महँगो उपाधि जिताउनुअघि बेकेनवाउरले पश्चिम जर्मनीलाई सन् १९७२ को युरो जिताइसकेका थिए । त्यसको दुई वर्षपछि घरेलु भूमिमा विश्वकप । बेकेनवाउरले जर्मनीका लागि कुल १०३ पटक खेले । बायर्नबाट भने चार सय २७ खेल खेल्न पाए ।
बेकेनवाउर म्युनिख सहरको ठ्याक्क बाहिर रहेको गाउँमा हुर्किएका हुन् । उनका पिता हुलाकी थिए, आमा गृहणी । उनको घर रंगशालाको छेउमै थियो, जहाँ म्युनिख १८६० ले खेल्थ्यो । यही क्लब हो, जसलाई बेकेनवाउर समर्थन गर्थे । दुर्भाग्यवश उनले आफूलाई मनपर्ने क्लबबाट खेल्न पाएनन्, बयर्नले उनलाई युवा खेलाडीका रुपमा अनुबन्ध गर्यो । खासमा उनी त्यहीँको अर्को कलब एसी १९०६ बाट खेल्थे । तर यो क्लब बन्द भयो । त्यसपछि बेकेनवाउरले सोचे अब त म्युनिख १८६० जान पाइन्छ । तर यो दिन आएन ।
रोचक त के छ भने बेकेनवाउरले एससी १९०६ बाट अन्तिम खेल खेल्दा विपक्षी थियो, म्युनिख १८६० । त्यस खेलमा अनौठो घटना भयो । मैदानमा खेल्दा खेल्दै म्युनिख १८६० का एक खेलाडीले बेकेनवाउरलाई झापड हाने । बेकेनवाउरले कुनै प्रतिक्रिया जनाएनन्, तर मनमनै सोचे, ‘यो क्लबबाट कहिल्यै खेल्दिनँ ।’ अनि गए बायर्न ।
राष्ट्रिय टिमका लागि भने बेकेनवाउरले सन् १९६५ मा पहिलो खेल खेलेका हुन् । त्यसबेला उनी मात्र २१ वर्षका थिए । बायर्न घरेलु र युरोपियन फुटबलमा चम्किनुअघि नै बेकेनवाउर पश्चिम जर्मनीको टिममा परेका थिए । ‘डेब्यु’ गरेको एक वर्षपछि नै बेकेनवाउरले विश्वकप खेल्न पाए ।
बेकेनवाउर अनुबन्ध हुँदा बायर्न दोस्रो श्रेणीमा थियो । पहिलो सिजनमै बेकेनवाउरले बायर्नलाई पहिलो श्रेणीमा पुर्याए । यो बिन्दूबाट बायर्न कहिल्यै पछाडि फर्किएन । सन् १९६८ मा बेकेनवाउर बायर्नको कप्तान बने । अग्ला बेकेनवाउरले त्यही सिजन बायर्नलाई जर्मन च्याम्पियन बन्न मद्दत गरे । त्यसपछि बायर्न लगातार तीन पटक बुन्डेसलिगा विजेता बन्यो । उता युरोपियन क्लब फुटबलमा पनि ह्याट्रिक गर्यो ।
बायर्नका नेतृत्वकर्ता बेकेनवाउरलाई सबैले केइसर भनेर बोलाउँथे । हरेकले उनलाई सम्मान गर्थे । यो यस्तो बायर्न टिम थियो, जहाँ महान् खेलाडीको कमी थिएन । गोलरक्षक सेप माइर, स्ट्राइकर गेर्ड मुलर अदि ।
राष्ट्रिय टिमका लागि भने बेकेनवाउरले सन् १९६५ मा पहिलो खेल खेलेका हुन् । त्यसबेला उनी मात्र २१ वर्षका थिए । बायर्न घरेलु र युरोपियन फुटबलमा चम्किनुअघि नै बेकेनवाउर पश्चिम जर्मनीको टिममा परेका थिए । ‘डेब्यु’ गरेको एक वर्षपछि नै बेकेनवाउरले विश्वकप खेल्न पाए । त्यसबेलाको पश्चिम जर्मनी फाइनलसम्म पुग्यो । इङ्ल्यान्डको वेम्बलीमा भएको त्यो फाइनलमा पश्चिम जर्मनी घरेलु टिमसँग हारेको थियो । त्यस लगत्तैको संस्करणमा पश्चिम जर्मनी सेमिफाइनलसम्म पुग्यो ।
पश्चिम जर्मनीका तत्कालीन प्रशिक्षक हेल्मुट सोन बेकेनवाउरका लागि पिता समान थिए । तर सोन बेकेनवाउरलाई उनलाई मन परेको भूमिका लिबेरो पोजिसनमा खेल्न दिँदैन थिए । यो सिलसिला केही वर्ष चल्यो । तर सन् १९७४ मा आएर यो सिलसिला रोकियो । त्यही वर्ष पश्चिम जर्मनीले विश्वकप जित्यो, कप्तान र लिबेरो थिए, बेकेनवाउर ।
सन् १९७८ को विश्वकप अर्जेन्टिनामा भयो । यो विश्वकप बेकेनवाउरका लागि चौथो हुने थियो । तर उनले एक वर्षअघि नै संन्यास लिइसकेका थिए । अचम्म लाग्न सक्छ, संन्यास लिँदा बेकेनवाउर जम्मा ३१ वर्षका मात्र थिए । राष्ट्रिय टिमबाट संन्यास लिएपछि उनी क्लब फुटबलमा बढी केन्द्रित हुन पुगे । उनलाई अमेरिकी क्लब न्युयोर्क कस्मसले तामझामका साथ अनुबन्ध गरेको थियो ।
लगातार १५ वर्ष बायर्नबाट खेलेपछि उनले फरक लिग खेल्ने निधो गरेका थिए । फेरि अमेरिकी फुटबलमा त्यसबेला कमाइ पनि राम्रो थियो । यो त्यो समय थियो, जतिबेला पेले पनि अमेरिकी फुटबलको स्वाद चाख्न ब्राजिलबाट त्यता पुगेका थिए ।
सन् १९८३ मा एकपटक फेरि कस्मस गए, त्यहाँ पनि उपाधि जिते । त्यसपछि भने क्लब फुटबलबाट संन्यास लिए । उनले क्लब फुटबलमा खेलेको खेल संख्या हो, ५८७ । यी खेलमा उनले ८१ गोल गरेका थिए ।
कस्मसमा चार वर्ष खेलेका बेकेनवाउरले तीन पटक लिग जिते । ‘मैले आफ्नो करियरमा हरेक खालको सफलता पाएको छु । बायर्नबाट जर्मन र युरोपेली लिग जितेको छु । जर्मनीबाट विश्व च्याम्पियन बनेको छु । तर सबैभन्दा आनन्द चाहिँ कस्मसबाट जित्दा आयो,’ त्यसबेला बेकेनवाउरले भनेका थिए, ‘किन ? कारण फरक फरक पुष्ठभूमिबाट आएका खेलाडी । बायर्नमा सबै खेलाडी जर्मन थिए । कस्मसमा पेलेसहित १४ खेलाडी फरक फरक देशका छन् ।’
बेकेनवाउर सन् १९८० मा जर्मनी फर्किए । ह्यामबर्गबाट केही वर्ष खेले । यहाँ पनि उनी लिग च्याम्पियन बने । सन् १९८३ मा एकपटक फेरि कस्मस गए, त्यहाँ पनि उपाधि जिते । त्यसपछि भने क्लब फुटबलबाट संन्यास लिए । उनले क्लब फुटबलमा खेलेको खेल संख्या हो, ५८७ । यी खेलमा उनले ८१ गोल गरेका थिए ।
खेल करियरबाट संन्यास लिएपछि प्रशिक्षण तथा व्यवस्थापनमा जाने मनस्थितिमा थिएनन् । तर सन् १९८४ मा उनी अचानक पश्चिम जर्मनीको प्रशिक्षक बने । उनलाई बिना कुनै परीक्षण प्रशिक्षक बनाइएको थियो । जबकि त्यसअघिका प्रशिक्षक कठिन परीक्षणबाट गुज्रिन्थे । सीधा भन्दा बेकेनवाउरलाई प्रशिक्षक बनाउन नियम मिचिएको थियो । तर यसरी नियम मिचिँदा कसैको आपत्ति थिएन । किनभने उनी बेकेनवाउर थिए ।
बेकेनवाउर प्रशिक्षक बनिरहँदा जर्मन टिम ठिकठाक स्थितिमा थिएन । अधिकांश खेलाडी करियरको उत्तराद्र्धमा थिए । त्यो टिमलाई बेकेनवाउरले फाइनलमा पुर्याए । मेक्सिकोमा भएको त्यो विश्वकप फाइनलमा अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो । तर आखिरमा जर्मन खेलाडीले दुई गोल फर्काए, भलै खेल अर्जेन्टिनाले ३–२ ले जित्यो । चार वर्षपछि भने जर्मनीले बदला लियो, पेनाल्टीमा अर्जेन्टिनालाई हराउँदै जर्मनी विश्वकप विजेता बन्यो ।
बेकेनवाउरलाई सन् १९९८ मा जर्मन फुटबल संघको उपाध्यक्ष बनाइयो । त्यही बेला हो जर्मनीले विश्वकप २००६ को आयोजना अधिकार पाएको । विश्वकप आयोजना समितिको नेतृत्व पनि उनी आफैँले गरे । सन् २००९ मा उनलाई बायर्नले मानार्थ अध्यक्षका रुपमा घोषणा गर्यो । निधन हुन्जेसम्म उनी त्यही भूमिकामा रहे ।
विश्वकप सफलतापछि बेकेनवाउरले राजीनामा दिए । फ्रेन्च क्लब मार्सेमा प्राविधिक निर्देशक बने । दुई वर्षका लागि सम्झौता गरेका उनको तलब थियो, पाँच लाख पाउन्ड । तर मार्सेमा उनी सफल भएनन् । उनको शैलीसँग मार्सेका खेलाडी अभ्यस्त भएनन् । चार महिनापछि बेकेनवाउरले राजीनामा दिए ।
सन् १९९३ मा बायर्न फर्कन पाउँदा उनी दंग थिए । सुरुमा एक वर्ष, विश्राम अनि १९९६ मा फेरि प्रशिक्षक बनेका बेकेनवाउरले बायर्नलाई दुई उपाधि जिताए । त्यसपछि उनी त्यही क्लबको अध्यक्ष भए, दुई वर्षका लागि ।
बेकेनवाउरलाई सन् १९९८ मा जर्मन फुटबल संघको उपाध्यक्ष बनाइयो । त्यही बेला हो जर्मनीले विश्वकप २००६ को आयोजना अधिकार पाएको । विश्वकप आयोजना समितिको नेतृत्व पनि उनी आफैँले गरे । सन् २००९ मा उनलाई बायर्नले मानार्थ अध्यक्षका रुपमा घोषणा गर्यो । निधन हुन्जेसम्म उनी त्यही भूमिकामा रहे ।
बेकेनवाउरले तीन पटक विवाह गरे । इन्ग्रिड ग्रोएन्केलाई विवाह नगरे पनि सन् १९६३ मा छोरा थोमस जन्मिएका थिए । सन् १९६६ मा बेकेनवाउरले ब्रिगिटी विट्म्यानसँग विवाह गरेका थिए । उनीबाट बेकेनवाउरका दुई छोरा छन् । सन् १९९० मा पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि बेकेनवाउरले साइबिल वेइमरसँग घरजम गरे । तेस्रो श्रीमती भने हेइडी बर्मेस्टर हुन् । उनले छोरी नोएल, फ्रान्सिस्कासँगै छोरा स्टिफनलाई जन्म दिएकी थिइन् । बायर्न म्युनिखबाट खेलेका स्टिफनको सन् २०१५ मा निधन भएको थियो । हाल बेकेनवाउरकी कान्छी श्रीमति हेइडी र चार सन्तान छन् ।