मंसिर १, २०८२ सोमबार | २०:५७:२९
एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ

एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत

रनका लागि क्रिजमा दौड्ँदै काठमाडौंका ब्याटरहरु । तस्बिरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । ओपनिङ जोडी आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले दमजार सुरुआत दिलाएपछि काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको उदघाटन खेलमा साविक विजेता जनकपुर बोल्टसमाथि प्रभावशाली जित हासिल गरेको छ ।

टस जितेर विपक्षीलाई ब्याटिङमा निम्त्याएको काठमाडौंले १३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेटको क्षतिमा हासिल गर्यो ।

टोलीका लागि आकाश र इङलिस ब्याटर चाल्सवर्थले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । आकाशले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए भने चाल्सवर्थले आक्रामक ब्याटिङ गर्दै २३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४६ रन बनाए ।

भिम सार्की ३ रनमा आउट भएको इनिङमा काठमाडौंका लागि मिलिन्द कुमारले १९ तथा विकेटकिपर ब्याटर जोन सिम्पसनले १३ रनको योगदान गरे ।  मोहम्मद आदिल आलमले ८ तथा जेरार्ड इरास्मस १ रन बनाएर अविजित रहे ।

जनकपुरका लागि किशोर महतो, कप्तान अनिल शाह, ललित राजवंशी, यान निकोल लफ्टी इटन र सञ्जय कृष्णमुर्तीले एक/एक विकेट लिए ।

अर्धसतक प्रहार गरेपछि जनकपुरका आसिफ । तस्बिरः सरोज सापकोटा/खेलाडी

यसअघि ओपनर आसिफ शेखले सम्हालिएको प्रदर्शनसाथ अर्धसतक प्रहार गरेपछि जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

टस हारेर ब्याटिङलाई निम्त्याइएको जनकपुरका लागि आसिफले ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रनको योगदान गरेका थिए ।

ओपनिङ पार्टनर १२ बल खेलेर सात रनमै पवेलियन फर्केको इनिङमा तेस्रो नम्बरमा आएका कप्तान अनिल शाह पनि दुई बल सामना गर्दै खाता पनि नखोली आउट भएका थिए ।

त्यसपछि आएका यान निकोल लफ्टी इटन र सञ्जय कृष्णमुर्ती समान दुई रनमा पवेलियन फर्किँदा जनकपुरको इनिङ निक्कै धर्मराएको थियो ।

तर आसिफको परिपक्व तथा आक्रामक ब्याटिङमा मायन यादव र लहिरु सामाराकोनले राम्रो साथ दिएपछि जनकपुर निर्धारित २० ओभरमा ६विकेट गुमाउँदै १३० रनको योगफल बनाउन सफल भयो ।

टोलीका लागि मायनले २९ बलमा २ चौका र १ छक्कासहित ३४ तथा लहिरुले २१ बलमा २ छक्कासहित २२ रनको योगदान गरे । रुपेश सिंहले ४ रन बनाए ।

विकेटको खुसी मनाउँदै काठमाडौंका खेलाडीहरु । तस्बिरः सरोज सापकोटा/खेलाडी

काठमाडौंका लागि मिलिन्द कुमारले ४ ओभरमा १५ रन खर्चिँदै ३ विकेट लिए भने कप्तान करण केसी, साहब आलम र सन्तोष यादवले १/१ विकेटमा नाम लेखाएका थिए ।

प्रतियोगितामा भोली पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र कर्णाली याक्सका बीच हुनेछ भने दोस्रो खेलमा दिउसो ४ बजे । विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
Private video
BHUWAN KAMI II SAFF का कमजोरी प्रशिक्षणमा सुधारेका छौं । यसपाली AFC मा छनोट हुने लक्ष्य हो ।I
PRASHANT MOKTAN II प्रशिक्षण राम्रो भयो । समग्रमा टिम पहिलाभन्दा धेरै बलियो भएको छ ।I U-17 TEAM
U-17 Team Head Coach SANJEET SINGH II प्रशिक्षकको नाताले सबैखाले नतिजाको जिम्मेवारी लिन तयार छु ।I
ANFA GS RAI: साथीहरु ठूला कुरा गर्छन II तर विगतमा खेलाडीले WCUP छनोट पनि खेल्न पाउँदैनथे II
युवा टिमलाई ANFA GS राईको अर्तिः ‘अहिलेका खेलाडीले धेरै अवसर पाएका छन्, त्यसको उपयोग गर्नु’
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II