मंसिर १, २०८२ सोमबार | ०१:३१:०६
‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा दुष्टिविहिन विश्वकपः सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा मार्टिन गप्टिल नेपाल आइपुगे ब्राजिलको सहज जित ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा दुष्टिविहिन विश्वकपः सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा मार्टिन गप्टिल नेपाल आइपुगे ब्राजिलको सहज जित

‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता

काठमाडौं । नेपालको खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी)ले नेपाल क्रिकेट संघ (क्यान)सँग साझेदारी गरेको छ ।

साझेदारीले सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणलाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख ‘प्लाटफर्म’का रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । आइतबार दुई पक्षबीच यसबारे सम्झौता भएको हो ।

सम्झौताअनुरुप पर्यटन बोर्डले एनपिएल सिजन २ को ब्रान्डिङ र अन्तर्राष्ट्रिय स्तरको प्रचारमा सक्रिय भूमिका खेल्ने बताइएको छ ।

छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटलाई विश्वसामू चिनाउन सफल एनपिएललाई घरेलु क्रिकेट प्रशंसक, विदेशी खेलाडी तथा खेलकुदमा रुची राख्ने पर्यटकलाई आकर्षित गर्ने महत्वपूर्ण माध्यमका रुपमा हेरिएको छ ।

एनपिएल सिजन २ को सफलता नेपालमा खेलकुद पर्यटनको विकासको मुख्य आधार रहने बोर्डले विश्वास गरेको छ ।

भारतमा क्रिकेटको प्रमुख प्रसारकमध्ये एक स्टार स्पोर्टसबाट यसपाली पनि एनपिएल प्रत्यक्ष प्रसारण हुँदैछ । यसले विश्वभरका करोडौं दर्शकसम्म नेपालको क्रिकेट र नेपालका पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा टेवा पुग्ने बोर्डको विश्वास छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले देशभर बढ्दो खेलकुद गतिविधि, विशेषगरी एनपीएलले खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए ।

‘एनपिएल सिजन २ नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने ठूलो अवसर हो,’ जोशीले भने, ‘यो लिगले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शकसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने हाम्रो विश्वास छ ।’

त्यसैगरी क्यानका महासचिव पारसले यस सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, ‘खेलकुद र पर्यटन दुबैलाई सँगै अघि बढाउन नेपाल पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं । पछिल्ला वर्षहरूमा नेपालमा क्रिकेटको उभारले देशलाई विश्वभर प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । एनपिएलको दोस्रो सिजनले यसलाई अझ उचाइमा पु¥याउनेछ ।’

एनपिएल सिजन २ सोमबार (भोलि)बाट सुरु हुँदैछ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको सामना गर्नेछ । खेल दिउँसो ४ बजे हुनेछ । मंसिर २७ सम्म चल्ने प्रतियोगितामा अघिल्लो संस्करणझैं आठ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदैछन् ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President