मंसिर २७, २०८२ शनिबार | ०१:१८:०५
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता

काठमाडौं । नेपालको खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी)ले नेपाल क्रिकेट संघ (क्यान)सँग साझेदारी गरेको छ ।

साझेदारीले सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणलाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख ‘प्लाटफर्म’का रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । आइतबार दुई पक्षबीच यसबारे सम्झौता भएको हो ।

सम्झौताअनुरुप पर्यटन बोर्डले एनपिएल सिजन २ को ब्रान्डिङ र अन्तर्राष्ट्रिय स्तरको प्रचारमा सक्रिय भूमिका खेल्ने बताइएको छ ।

छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटलाई विश्वसामू चिनाउन सफल एनपिएललाई घरेलु क्रिकेट प्रशंसक, विदेशी खेलाडी तथा खेलकुदमा रुची राख्ने पर्यटकलाई आकर्षित गर्ने महत्वपूर्ण माध्यमका रुपमा हेरिएको छ ।

एनपिएल सिजन २ को सफलता नेपालमा खेलकुद पर्यटनको विकासको मुख्य आधार रहने बोर्डले विश्वास गरेको छ ।

भारतमा क्रिकेटको प्रमुख प्रसारकमध्ये एक स्टार स्पोर्टसबाट यसपाली पनि एनपिएल प्रत्यक्ष प्रसारण हुँदैछ । यसले विश्वभरका करोडौं दर्शकसम्म नेपालको क्रिकेट र नेपालका पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा टेवा पुग्ने बोर्डको विश्वास छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले देशभर बढ्दो खेलकुद गतिविधि, विशेषगरी एनपीएलले खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए ।

‘एनपिएल सिजन २ नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने ठूलो अवसर हो,’ जोशीले भने, ‘यो लिगले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शकसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने हाम्रो विश्वास छ ।’

त्यसैगरी क्यानका महासचिव पारसले यस सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, ‘खेलकुद र पर्यटन दुबैलाई सँगै अघि बढाउन नेपाल पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं । पछिल्ला वर्षहरूमा नेपालमा क्रिकेटको उभारले देशलाई विश्वभर प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । एनपिएलको दोस्रो सिजनले यसलाई अझ उचाइमा पु¥याउनेछ ।’

एनपिएल सिजन २ सोमबार (भोलि)बाट सुरु हुँदैछ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको सामना गर्नेछ । खेल दिउँसो ४ बजे हुनेछ । मंसिर २७ सम्म चल्ने प्रतियोगितामा अघिल्लो संस्करणझैं आठ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदैछन् ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II