पुस १६, २०८२ बिहीबार | ०२:१६:३८
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित

एक्टेरा नेपाल मंसिर १३ गते हुने

काठमाडौं । एक्टेरा नेपालको दोस्रो संस्करण मंसिर १३ गते पोखरास्थित बेगनास तालमा हुने भएको छ ।  

पेरिविङ्कल्स सर्भिस प्रालिको आयोजनामा हुने यो प्रतियोगिता अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त एक्सटेरा प्लानेट ब्रान्डको हिस्सा हो, जसले अफ रोड ट्रायथलन, ट्रेल रनलगातयाका साहसिक खेलहरूको प्रवद्र्धन गर्छ  ।

आइतबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलनमार्फत आयोजनकले प्रतियोगितामा पूर्ण दूरी ट्रायथलन, स्प्रिन्ट दूरी ट्रायथलन, डुआथलन, मिश्रित रिले र ट्रेल रन समावेश गरिएको जानकारी दियो ।

पूर्ण दूरी ट्रायथलनमा १.५ किलोमिटर पौडी, २८ किलोमिटर माउन्टेन बाइकिङ (१४ किलोमिटरको दुई ल्याप) र १२ किलोमिटर ट्रेल रन समावेश हुनेछ । यस्तै स्प्रिन्ट दूरी ट्रायथलनमा ७५० मिटर पौडी, १४ किलोमिटर माउन्टेन बाइक राइड र ६ किलोमिटर ट्रेल रन हुनेछ ।

डुआथलनमा ६ किलोमिटर ट्रेल रन, १४ किलोमिटर माउन्टेन बाइक राइड र अर्को ६ किलोमिटर ट्रेल रन तथा मिश्रित रिलेमा ७५० मिटर पौडी, १४ किलोमिटर बाइक राइड, र ६ किलोमिटर ट्रेल रन हुनेछ । ट्रेल रनमा १२ किलोमिटर र ६ किलोमिटर दौड समावेश छन् ।

आयोजकले हालसम्म ३० अन्तर्राष्ट्रिय खेलाडीले नामा दर्ता गराइसकेको बतायो । यस्तै प्रतियोगितामा १०० नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा पूर्ण दूरी ट्रायथलन र १२ किलोमिटर ट्रेल रनमा पुरस्कारको व्यवस्था गरिएको छ । 

दुवै विधाका महिला तथा पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC