फाल्गुन ६, २०८२ बुधबार | ११:१६:३१
प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल

एक्टेरा नेपाल मंसिर १३ गते हुने

काठमाडौं । एक्टेरा नेपालको दोस्रो संस्करण मंसिर १३ गते पोखरास्थित बेगनास तालमा हुने भएको छ ।  

पेरिविङ्कल्स सर्भिस प्रालिको आयोजनामा हुने यो प्रतियोगिता अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त एक्सटेरा प्लानेट ब्रान्डको हिस्सा हो, जसले अफ रोड ट्रायथलन, ट्रेल रनलगातयाका साहसिक खेलहरूको प्रवद्र्धन गर्छ  ।

आइतबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलनमार्फत आयोजनकले प्रतियोगितामा पूर्ण दूरी ट्रायथलन, स्प्रिन्ट दूरी ट्रायथलन, डुआथलन, मिश्रित रिले र ट्रेल रन समावेश गरिएको जानकारी दियो ।

पूर्ण दूरी ट्रायथलनमा १.५ किलोमिटर पौडी, २८ किलोमिटर माउन्टेन बाइकिङ (१४ किलोमिटरको दुई ल्याप) र १२ किलोमिटर ट्रेल रन समावेश हुनेछ । यस्तै स्प्रिन्ट दूरी ट्रायथलनमा ७५० मिटर पौडी, १४ किलोमिटर माउन्टेन बाइक राइड र ६ किलोमिटर ट्रेल रन हुनेछ ।

डुआथलनमा ६ किलोमिटर ट्रेल रन, १४ किलोमिटर माउन्टेन बाइक राइड र अर्को ६ किलोमिटर ट्रेल रन तथा मिश्रित रिलेमा ७५० मिटर पौडी, १४ किलोमिटर बाइक राइड, र ६ किलोमिटर ट्रेल रन हुनेछ । ट्रेल रनमा १२ किलोमिटर र ६ किलोमिटर दौड समावेश छन् ।

आयोजकले हालसम्म ३० अन्तर्राष्ट्रिय खेलाडीले नामा दर्ता गराइसकेको बतायो । यस्तै प्रतियोगितामा १०० नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा पूर्ण दूरी ट्रायथलन र १२ किलोमिटर ट्रेल रनमा पुरस्कारको व्यवस्था गरिएको छ । 

दुवै विधाका महिला तथा पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 


भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||