कार्तिक ३०, २०८२ आइतबार | २०:२४:३७
पुननिर्मिति त्रिवि क्रिकेट रंगशालामा हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा दुष्टिविहिन विश्वकपः सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा मार्टिन गप्टिल नेपाल आइपुगे ब्राजिलको सहज जित काजकिस्तानसँग हारबाट जोगियो बेल्जियम स्पेनको विजयी यात्रा जारी एनपिएलका लागि मार्क वाट नेपालमा पुननिर्मिति त्रिवि क्रिकेट रंगशालामा हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा दुष्टिविहिन विश्वकपः सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा मार्टिन गप्टिल नेपाल आइपुगे ब्राजिलको सहज जित काजकिस्तानसँग हारबाट जोगियो बेल्जियम स्पेनको विजयी यात्रा जारी एनपिएलका लागि मार्क वाट नेपालमा

पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश

काठमाडौं । पेनाल्टी सुटआउटमा नव जन जागृति क्लबमाथि ८-९ को रोमाञ्चक जित हासिल गर्दै चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा चित्लाङलाई जित दिलाउन कृष्ण रानाभाट, जय गुरुङ, गौरव श्रेष्ठ, मदन स्याङताङ, लहान सुब्बा, रोशन पहारी, सवीन लुङ्गेली मगर, चन्दन दास र विज्ञान खड्काले गोल गरे ।

‘सडन डेथ’मा रुजन न्यौपानेको प्रहारलाई गोलकिपर विशाल केसीले बचाएपछि चित्लाङ फाइनलमा प्रवेश गर्न सफल भयो । त्यसअघि चौथो प्रहारका लागि आएका कुल्दीप कार्कीको प्रहार विपक्षी गोलकिपर योगेश धिमालले बचाएका थिए ।

नव जन जागृतिका लागि विकास दर्लामी, पुजन थापा, सुजन डंगोल, देवेन्द्र तामाङ, निङ्मा घिसिङ, प्रतापसिंह राई, योगेश (धिमाल) र दीपक थापामगरले गोल गरे । त्यसअघि अविनाश स्याङ्ताङ पहिलो पेनाल्टीमा चुकेका थिए ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको चित्लाङले मंगलबार उपाधिका लागि लालिगुँरास एसोसिएसन क्लबसँग खेल्नेछ ।

समूह ‘ए’को विजेता लालिगुँरासले आइतबार पहिलो सेमिफाइनलमा काँक्रे बिहार युथ क्लबलाई २-० ले हरायो । लालिगुँरासलाई जित दिलाउन मुकुन्द कुमार निउरे र राम थापाले गोल गरे । मुकुन्दले खेलको २०औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । रामले ९०+(४) मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President