कार्तिक २८, २०८२ शुक्रबार | १९:४८:३९
नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी जिम्मी निशमले पोखराबाट खेल्ने फ्रान्स फिफा विश्वकपमा छनोट लालिगुँरास र देउरालीको खेल गोलरहित नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी जिम्मी निशमले पोखराबाट खेल्ने फ्रान्स फिफा विश्वकपमा छनोट लालिगुँरास र देउरालीको खेल गोलरहित

नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो

काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार समूह ‘बी’ अन्तर्गत हैरान्स क्लबमाथि ७-२ को रवाफिलो जित हासिल गरेसँगै नव जन जागृति क्लब सेमिफाइनल प्रवेश गर्ने चौथो टिम बन्यो ।

समूह ‘ए’बाट लालिगुँरास एसोसिएसन क्लब र चित्लाङ एफसी अनि समूह ‘बी’बाट काँक्रे बिहार क्लबले यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेका थिए ।

प्रतियोगिताको १०औं दिन नव जन जागृतिलाई जित दिलाउन स्ट्राइकर सुजन डंगोलले ह्याट्रिक गोल गरे । त्यस्तै प्रतापसिंह राई र क्रिपाकान्त थारुको नाममा समान एक गोल रह्यो । एक गोल नव जन जागृतिले आत्मघाती उपहारका रुपमा पायो । हैरान्सका लागि विजय डोंग र सामुवेल सुनारको गोल सान्त्वना बन्यो ।

जितसँगै चार खेलमा १० अंक जोड्दै नव जन जागृति अंकतालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । समान अंक भएपनि गोल भिन्नतामा पछि पर्दै काँक्रे बिहार दोस्रो स्थानमा रह्यो ।

दिनको दोस्रो खेलमा काँक्रे बिहारले गाईघाटमाथि ५–३ को सानदार जित हासिल गर्यो । काँक्रे बिहारका लागि अनिश घर्ती क्षेत्रीले ह्याट्रिक गरे । त्यस्तै कप्तान आशिष चापागाईँ र गणेश पुलामी मगरको नाममा समान एक गोल रह्यो ।
गाईघाटले दुई पटक अग्रतालाई जोगाउन सकेन । दीवश श्रेष्ठको गोलमा सुरुआती अग्रता लिएको गाईघाट प्रवीन राईको गोलमा २–१ ले अगाडि बढेको थियो ।

सेमिफाइनलमा नव जन जागृतिले समूह ‘ए’को उप–विजेता चित्लाङसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै काँक्रे बिहारले लालिगुँराससँग खेल्नेछ । लालिगुँरासले चार खेलमा आठ अंक जोड्दै शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो । दुबै सेमिफाइनल खेलहरु आइतबार हुनेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका विजेता र उप–विजेताले सेमिफाइनलमा स्थान बनाउनुका साथै राष्ट्रिय लिगमा छनोट हुने सेटअप थियो ।

यस्तो छ फाइनल अंकतालिकाः

 


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President