मंसिर २७, २०८२ शनिबार | ००:२०:३६
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ

काठमाडौं । काठमाडौं गोर्खाजको ‘प्लाटिनम’ प्रायोजकमा नेपालकै अग्रणी ‘डिजिटल’ भुक्तानी ‘नेटवर्क’ ‘फोन पे’ जोडिएको छ ।

काठमाडौंले सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि फोन पेसँग साझेदारी गरेको हो ।

सम्झौताअनुसार काठमाडौंले एनपिएलमा लगाउने जर्सीमा फोन पेको लोगो हुनेछ ।

आइतबार सम्झौता पत्रमा दुबै पक्षका प्रमुख कार्यकारी अधिकृत (सिइओ), काठमाडौंका सुरजसिंह ठकुरी र फोन पेका दिवस कुमार सापकोटाले हस्ताक्षर गरे ।

फ्रेन्चाइज टोलीसँगको सहकार्यमार्फत फोन पेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभाको विकास र देशभरका ग्राहकप्रति आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ ।

‘हामी एनपिएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं । फोन पेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रयोगलाई प्रवर्द्धन गर्दै आएको छ,’ सापकोटाले भने, ‘हाम्रो जस्तै भावना भएको टोलीसँग यसरी साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं ।’

त्यस्तै ठकुरीले फोन पेको यो साथले टोलीमा थप उर्जा थपेको कुरा राखे । उनले भने, ‘फोन पेको समर्थनले टोलीलाई थप उर्जावान र आत्मविश्वासी बनाएको छ ।’

एनपिएलको दोस्रो संस्करणका लागि काठमाडौंको मुख्य प्रायोजकमा वल्र्ड लिंक, गोल्ड पार्टनरमा शिखर इन्स्योरेन्स, ड्रिङ्क पार्टनरमाम एक्सट्रिम इनर्जी ड्रिङ्क, लाइफ इन्सुरेन्स पार्टनरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, अफिसियल एजुकेशन पार्टनरमा आईआईएमएस कलेज, एब्रोर्ड स्टडी पार्टनरमा केआईईसी, नलेज पार्टनरमा जाम्बोरी र अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II