काठमाडौं । काठमाडौं गोर्खाजको ‘प्लाटिनम’ प्रायोजकमा नेपालकै अग्रणी ‘डिजिटल’ भुक्तानी ‘नेटवर्क’ ‘फोन पे’ जोडिएको छ ।
काठमाडौंले सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि फोन पेसँग साझेदारी गरेको हो ।
सम्झौताअनुसार काठमाडौंले एनपिएलमा लगाउने जर्सीमा फोन पेको लोगो हुनेछ ।
आइतबार सम्झौता पत्रमा दुबै पक्षका प्रमुख कार्यकारी अधिकृत (सिइओ), काठमाडौंका सुरजसिंह ठकुरी र फोन पेका दिवस कुमार सापकोटाले हस्ताक्षर गरे ।
फ्रेन्चाइज टोलीसँगको सहकार्यमार्फत फोन पेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभाको विकास र देशभरका ग्राहकप्रति आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ ।
‘हामी एनपिएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं । फोन पेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रयोगलाई प्रवर्द्धन गर्दै आएको छ,’ सापकोटाले भने, ‘हाम्रो जस्तै भावना भएको टोलीसँग यसरी साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं ।’
त्यस्तै ठकुरीले फोन पेको यो साथले टोलीमा थप उर्जा थपेको कुरा राखे । उनले भने, ‘फोन पेको समर्थनले टोलीलाई थप उर्जावान र आत्मविश्वासी बनाएको छ ।’
एनपिएलको दोस्रो संस्करणका लागि काठमाडौंको मुख्य प्रायोजकमा वल्र्ड लिंक, गोल्ड पार्टनरमा शिखर इन्स्योरेन्स, ड्रिङ्क पार्टनरमाम एक्सट्रिम इनर्जी ड्रिङ्क, लाइफ इन्सुरेन्स पार्टनरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, अफिसियल एजुकेशन पार्टनरमा आईआईएमएस कलेज, एब्रोर्ड स्टडी पार्टनरमा केआईईसी, नलेज पार्टनरमा जाम्बोरी र अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ ।
