मंसिर १, २०८२ सोमबार | १९:३१:३७
एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ

आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । ओपनर आसिफ शेखले सम्हालिएको प्रदर्शनसाथ अर्धसतक प्रहार गरेपछि साविक विजेता जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको उद्घाटन खेलमा काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङलाई निम्त्याइएको जनकपुरका लागि आसिफले ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रनको योगदान गरे ।

ओपनिङ पार्टनर १२ बल खेलेर सात रनमै पवेलियन फर्केको इनिङमा तेस्रो नम्बरमा आएका कप्तान अनिल शाह पनि दुई बल सामना गर्दै खाता पनि नखोली आउट भएका थिए ।

त्यसपछि आएका यान निकोल लफ्टी इटन र सञ्जय कृष्णमुर्ती समान दुई रनमा पवेलियन फर्किँदा जनकपुरको इनिङ निक्कै धर्मराएको थियो ।

तर आसिफको परिपक्व तथा आक्रामक ब्याटिङमा मायन यादव र लहिरु सामाराकोनले राम्रो साथ दिएपछि जनकपुर निर्धारित २० ओभरमा ६विकेट गुमाउँदै १३० रनको योगफल बनाउन सफल भयो ।

टोलीका लागि मायनले २९ बलमा २ चौका र १ छक्कासहित ३४ तथा लहिरुले २१ बलमा २ छक्कासहित २२ रनको योगदान गरे । रुपेश सिंहले ४ रन बनाए ।

काठमाडौंका लागि मिलिन्द कुमारले ४ ओभरमा १५ रन खर्चिँदै ३ विकेट लिए भने कप्तान करण केसी, साहब आलम र सन्तोष यादवले १/१ विकेटमा नाम लेखाए ।

अब काठमाडौंले नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक फ्लड लाइटमा खेल्दै लक्ष्य पछ्याउनेछ ।


भिडियो
Private video
U-17 Team Head Coach SANJEET SINGH II प्रशिक्षकको नाताले सबैखाले नतिजाको जिम्मेवारी लिन तयार छु ।I
ANFA GS RAI: साथीहरु ठूला कुरा गर्छन II तर विगतमा खेलाडीले WCUP छनोट पनि खेल्न पाउँदैनथे II
युवा टिमलाई ANFA GS राईको अर्तिः ‘अहिलेका खेलाडीले धेरै अवसर पाएका छन्, त्यसको उपयोग गर्नु’
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll