माघ १६, २०८२ शुक्रबार | २३:१२:४९
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

खुल्ला राष्ट्रिय ब्याडमिन्टनः प्रिन्स र रशिला फाइनलमा

फाइल तस्बिरः प्रिन्स दाहाल

काठमाडौं । एपिएफका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न खेलमा प्रिन्सले एपिएफका देवराज रानालाई २१-१०, २१-१२ ले पराजित गरे ।

प्रिन्सले उपाधीका लागि आर्मीका प्रफुल महर्जनको सामना गर्नेछन् । प्रफुलले नेपाल पुलिस क्लबका विष्णु कटुवाललाई २१-१५, २१-१२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।

यस्तै महिलातर्फको आर्मीकी रशिलाले आफ्नै क्लबकी अमिता गिरी माथि २१-५, २१-१७ को सहज जित निकालिन् । 

रशिलाले उपाधिका लागि आफ्नै क्लबकी अनुमाया राईसँग भेट पक्का गरिन् ।  अनुले कस्तुरी कलेजकी सिमा राजवंशी माथि २१-१८, २१-१४ को जित हात पारेकी हुन् ।

लाखेपोखरी बौद्धस्थित स्पोर्टस हबको आयोजनामा भएको प्रतियोगिताका भेट्रान ३५ वर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले न्यु बिएसका नारायण गौतम र आरिफ मलिकको जोडीलाई २१-१८, २१-१४ ले र चितवनका विद्वान गुरुङ र अमर रायमाभीको जोडीले चन्द्रागिरीका माधव ढकाल र प्रमोद महर्जनको जोडीलाई २१-११, १९-२१, २१-१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।  

फाइल तस्बिरः रशिला महर्जन 

यसैगरी पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडीले आयोजक स्पोर्टस हबका लाक्पा तेङ्गी तामाङ र श्याम तामाङको जोडीलाई २१-१३, २१-१५ ले हराउँदै सेमिफाइनल प्रवेश गरे ।

पुरुष शिर्ष २० वरियता बाहेकको युगल प्रतियोगितामा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी सूर्यदर्शन युनिटीका महेश खड्का र दीपक रानको जोडीलाई २१-१६, २१-१६ को समान अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भए ।

यस्तै सेमिफाइनलमा स्थान बनाउने क्रमा एपिएफका भोज बहादुर गुरुङ र सन्तोष पनेरुको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१-१८, १९-२१, २१-१७, स्पोर्टस हबका अभिषेक गुरुङ र निश्चल कार्कीको जोडीले धादिङका लक्ष्मण मल्ल ठकुरी र देवीनगरका राम मल्ल ठकुरीको जोडीलाई २१-१५, २०-२२, २१-१७, नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीले लाफाका मनोज फौदार र विवेक न्यौपानेको जोडीलाई २१–१७, २१–१९ ले पराजित गरे ।

पुरुष भेट्रान युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्ग, तिलक छन्त्याल र हिरा रोका, एपिएफका धिरेन्द्र चन्द र गण्डकीका टिका थापा तथा चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको अश्मेल (अखिल) शाहीले जानकारी गराएका छन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।