चैत्र ८, २०८२ आइतबार | ०४:०६:२४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

खुल्ला राष्ट्रिय ब्याडमिन्टनः प्रिन्स र रशिला फाइनलमा

फाइल तस्बिरः प्रिन्स दाहाल

काठमाडौं । एपिएफका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न खेलमा प्रिन्सले एपिएफका देवराज रानालाई २१-१०, २१-१२ ले पराजित गरे ।

प्रिन्सले उपाधीका लागि आर्मीका प्रफुल महर्जनको सामना गर्नेछन् । प्रफुलले नेपाल पुलिस क्लबका विष्णु कटुवाललाई २१-१५, २१-१२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।

यस्तै महिलातर्फको आर्मीकी रशिलाले आफ्नै क्लबकी अमिता गिरी माथि २१-५, २१-१७ को सहज जित निकालिन् । 

रशिलाले उपाधिका लागि आफ्नै क्लबकी अनुमाया राईसँग भेट पक्का गरिन् ।  अनुले कस्तुरी कलेजकी सिमा राजवंशी माथि २१-१८, २१-१४ को जित हात पारेकी हुन् ।

लाखेपोखरी बौद्धस्थित स्पोर्टस हबको आयोजनामा भएको प्रतियोगिताका भेट्रान ३५ वर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले न्यु बिएसका नारायण गौतम र आरिफ मलिकको जोडीलाई २१-१८, २१-१४ ले र चितवनका विद्वान गुरुङ र अमर रायमाभीको जोडीले चन्द्रागिरीका माधव ढकाल र प्रमोद महर्जनको जोडीलाई २१-११, १९-२१, २१-१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।  

फाइल तस्बिरः रशिला महर्जन 

यसैगरी पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडीले आयोजक स्पोर्टस हबका लाक्पा तेङ्गी तामाङ र श्याम तामाङको जोडीलाई २१-१३, २१-१५ ले हराउँदै सेमिफाइनल प्रवेश गरे ।

पुरुष शिर्ष २० वरियता बाहेकको युगल प्रतियोगितामा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी सूर्यदर्शन युनिटीका महेश खड्का र दीपक रानको जोडीलाई २१-१६, २१-१६ को समान अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भए ।

यस्तै सेमिफाइनलमा स्थान बनाउने क्रमा एपिएफका भोज बहादुर गुरुङ र सन्तोष पनेरुको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१-१८, १९-२१, २१-१७, स्पोर्टस हबका अभिषेक गुरुङ र निश्चल कार्कीको जोडीले धादिङका लक्ष्मण मल्ल ठकुरी र देवीनगरका राम मल्ल ठकुरीको जोडीलाई २१-१५, २०-२२, २१-१७, नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीले लाफाका मनोज फौदार र विवेक न्यौपानेको जोडीलाई २१–१७, २१–१९ ले पराजित गरे ।

पुरुष भेट्रान युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्ग, तिलक छन्त्याल र हिरा रोका, एपिएफका धिरेन्द्र चन्द र गण्डकीका टिका थापा तथा चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको अश्मेल (अखिल) शाहीले जानकारी गराएका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो