ट्वान्टी २० विश्वकप

आइसीसी ट्वान्टी२० विश्वकपः दक्षिण अफ्रिका र श्रीलंका तथा अस्ट्रेलिया र इङ्ल्यान्ड भिड्दै

दुबई । आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार ‘ग्रुप वान' का दुई खेलहरु हुदैछन् । 
 

सयुक्त अरब इमिरेट्स (युएई) को शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ विकेटको जित निकालेको थियो ।

त्यस्तै श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दा दोस्रो खेलमा अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो ।

यसैगरी आजको दोस्रो खेलमा  इङ्ल्यान्डले अस्ट्रेलियाको सामना गर्दैछ । 

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । 

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच र दोस्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गरेको थियो ।

यस्तै इङ्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजमाथी ६ विकेट र दोस्रो खेलमा बंगलादेशमाथी आठ विकेटको जित दर्ता गराएको थियो ।