एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता

एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामाः नेपालले सहभागिता जनाउने

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।

आगामी डिसेम्बर २१ देखि २९ सम्म संचालन हुने प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष तथा महिला भलिबल टोलीले सहभागिता जनाउने पक्का भएको नेपाल भलिबल संघका एक पदाधिकारीले खेलाडीलाई बताए ।

’हामीले सधै प्रतियोगितामा भाग लिदै आएका छौ यो पटक पनि लिने तय भएको छ । आर्थिक समस्याको कारण समयमा बन्द प्रशिक्षण सुरु गर्न सकेनौ,’ भलिबल संघका एक पदाधिकारीले भने ।

प्रतियोगिता डेढ महिना मात्र बाँकी रहँदा पनि नेपालले अहिलेसम्म न त प्रशिक्षण सुरु गरेको छ न त खेलाडी छनोट नै ।

पर्याप्त समय पाएको अवस्थामा प्रतियोगिता आयोजना गरेर खेलाडी छ्नोट गर्ने अन्यथा पहिलाकै टोलीलाई चाँडै बन्द प्रशिक्षणमा राख्ने संघका एक पदाधिकारीले बताए ।