आइसिसी एकदिवसीय विश्वकप

भारतविरुद्ध फिल्डिङ गर्दै इङ्ल्यान्ड

काठमाडौं । साबिक विजेता इङ्ल्यान्डले आइसिसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।

लखनउस्थित एकान क्रिकेट मैदानमा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर फिल्डिङ रोजेका हुन् ।

जारी विश्वकपमा पाँच खेलमा शतप्रतिशत जित निकालेको भारत १० अंकसहित दोस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्ष स्थानमा उक्लने छ ।

आजको हारले साविक विजेता इङ्ल्यान्डको लगातार उपाधि जित्ने योजना समाप्त हुनेछ । इङ्ल्यान्ड पाँच खेल खेल्दा चार हारसहिच २ अंक जोड्दै पुछारमा छ ।

भारत विश्वकपमा २० वर्षपछि इङ्ल्यान्डलाई हराउने योजनामा छ । सन् २००३ मा भारतले पछिल्लो पटक इङ्ल्यान्डलाई हराएको थियो । यसपछि दुई टोलीबीच दुई पटक भेट भएको छ । सन् २०११ र सन् २०१९ मा इङ्ल्यान्डले जित निकालेको छ ।

विश्वकपमा दुई टोलीबीच आठ पटक भेट भएको छ ।  इङ्ल्यान्ड चार र भारत तीन पटक विजयी भएका छन् । एक खेल बराबर भएको छ ।