अहिले नै संन्यास लिने योजना छैनः रुट

काठमाडौं । इंङ्लिस ब्याटर जो रुटले अहिले नै संन्यास लिने कुनै योजना नभएको र चार वर्षपछिको विश्वकप पनि खेल्ने योजनामा रहेको बताएका छन् ।

हाल भारतमा जारी एकदिवसीय विश्वकप खेलिरहेको इङ्ल्यान्डको १५ सदस्यीय टोलीमा चारजना मात्रै ३० वर्षभन्दा कम उमेरका छन् । ती मध्ये केहीले यो विश्वकपपछि आफ्नो एकदिवसीय करियरको अन्त्य गर्ने अनुमान गरिएको छ ।

३२ वर्षीय रुटले भने ‘अहिले नै संन्यास लिने योजना बनाएको छैन । म चार वर्षपछिको विश्वकप पनि खेल्न चाहन्छु ।’

पूर्वटेस्ट कप्तान रुट एकदिवसीय विश्वकपमा इङ्ल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।

जारी विश्वकपका लागि टोलीमा रहेका नौ खेलाडीमध्ये एक हुन् जसले २०१९ मा घरेलु मैदानमा विश्वकप ट्रफी उचालेका थिए ।