मन्डेकाजी श्रेष्ठ

मन्डेकाजी श्रेष्ठ सम्मानित

काठमाडौं । विद्याआर्जन सितोरियो कराते डोजोले १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता तथा कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई सम्मान गरेको छ ।

दशैंको उपलक्ष्यमा आयोजित चौथौ उपत्यकाव्यापी कराते प्रतियोगिताका दौरान प्रमुख अतिथि तथा बागमती प्रदेशका खानेपानी आपूर्ति तथा उर्जा सिचाई मन्त्री तिर्थ लामाले श्रेष्ठलाई सम्मान गरेका हुन् ।

विद्याआर्जन डोजोको आयोजनामा भइरहेको उक्त एक दिने प्रतियोगितामा विभिन्न डोजो तथा विद्यालय ३ सय खेलाडीको सहभागिता छ । प्रतियोगिताको उद्घाटन मन्त्री लामाले गरेका थिए । 

प्रतियोगिता संयोजक सुर्य लामाले यो प्रतियोगिता युवा खेलाडीहरको वृद्धिविकास आयोजना गरिएको बताए ।