आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः बंगलादेशको सुखद सुरुआत

काठमाडौं ।  अगफानिस्तानविरुद्ध ६ विकेटको जित निकाल्दै बंगलादेशले आइसिसी एकदिवसीय विश्वकपमा सुखद सुरुआत गरेको छ ।

भारतको र्धमशालमस्थित हिमान्चल प्रदेश क्रिकेट संघ रंगशालामा शनिबार अफगानिस्तानले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

बंगलादेशका लागि नज्मुल हुसेन शान्तोले ८३ बलमा ३ चौका र १ छक्काको मद्दले अविजित ५९ रनको योगदान गरे । यसैगरी मेहदी हसन मिर्जाले ७३ बलमा ५ चौकाको मद्तले ५७, कप्तान साकिब अल हसनले १४ र लिटोन दासले १३ रन बनाए । 

तेस्रो विकेटका लागि शान्तो र मिर्जाले १ सय २९ रनको साझेदारी गरे ।

अफगानिस्तानका लागि फजलहक फारुकी, नविन उल हक र अज्मलुल्लाह ओमरजाइले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ३७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्ताका लागि रहमानुल्हाल गुबार्जले ४७, इब्रमाहिम जाद्रन र अज्मतुल्लाह ओमजाइले समान २२ तथा कप्तान हस्मतुल्लाह शाहिली र रहमत शाहले समान १८ रन बनाए ।

बंगलादेशका लागि साकिब अल हसन र मेहदी हसन मिर्जाले समान ३, सोरिफुल स्लामले २ तथा तस्किन अहमद र मस्ताफिजुर रहमानले समान १ विकेट लिए ।