चैत्र ९, २०८२ सोमबार | ०९:२६:०९
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

खड्का झापाको ब्रान्ड एम्बेस्डर

काठमाडौं । झापा एफसीले नेपाल सुपर लिग २०२३ को ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान हरि खड्कालाई नियुक्त गरेको छ ।

नेपालका कीर्तिमानी १३ गोल गरेका स्ट्राइकर हरि खड्कालाई नेपाल सुपर लिग टोली झापा एफसीले आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ । नेपाली फुटबलका चर्चित व्यक्तित्व हरि खड्काले राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी १३ गोल गर्ने खेलाडीको इतिहास बनाएका छन् ।

‘हरि खड्का जस्तो फुटबलका हस्तीलाई हाम्रो ब्रान्ड एम्बेसेडरको रूपमा पाउनु झापा एफसीको लागि गौरवको कुरा रहेको छ । नेपाली फुटबलमा उनको अतुलनीय योगदान र झापा जिल्लासँगको उनको सम्बन्धले यो साझेदारीलाई साँच्चै विशेष बनाएको छ,’ झापा एफ।सी।का अध्यक्ष अर्पण विक्रम खड्काले भने ।

उत्कृष्ट खेल र कला कौशलका लागि परिचित हरि खड्काले पनि यो नयाँ भूमिकाको बारेमा आफ्नो उत्साह व्यक्त गरेका छन् । ‘झापा एफसी नेपाली फुटबललाई केही परिवर्तन गर्ने अठोटका साथ आएको छ र मेरै जिल्लाको क्लबलाई प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा हो ।’

झापाका महासचिव सुजन गौतमले खड्कालाई अनुबन्ध गर्दा उत्साहित भएको बताएका छन् ।

नेपाल सुपर लिगको दोस्रो संस्करण मंसिर ८ गतेबाट सुरु हुँदैछ । झापाको मार्की तथा कप्तान अञ्जन विष्ट छन् । खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान नजिक अञ्जन छन् । अञ्जनले हालसम्म १२ गोल गरिसकेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो