१९ औं एसियाली खेलकुद

एसियाली खेलकुद: करातेकी एरिकालाई रजत

काठमाडौं । नेपालकी कराते खेलाडी एरिक गुरुङले चिनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी छन् ।

शनिबार कुमुतेको महिला ६८ केजी तौल समूहको फाइनलमा एरिका काजकिस्तानकी सोफिया बेर्लुस्सेभासँग ३-० ले पराजित भइन् ।

हङकङकी यान काइ होलाइलाई ८-४ ले पराजित गर्दै एरिका फाइलन प्रवेश गरेकी थिइन् । त्यसअघि उनले क्वार्टरफाइनलमा जापानकी युजुकी सावाएलाई हराएकी हुन् ।

जारी एसियाली खेलकुदमा नेपालको यो दोस्रो पदक हो । यसअघि महिला कबड्डी टोलीले ऐतिहासिक कास्य पदक जितेको थियो । कबड्डीले डेब्युमै पदक जितेको हो ।

नेपालले तेस्रो पटक रजत पदक जितेको हो । यसअघि तेक्वान्दोबाट सबिता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजत पटक जितेको थियो ।

एसियाली खेलकुदको ७२ वर्षे लामो इतिहासमा नेपालले तीन रजतसहित २३ कांस्य पदक जितेको छ ।

यसैगी पुरुष ६७ केजीमा प्रचिस्पर्धा गरेका सन्तोष श्रेष्ठले भने थाइल्यान्डका चाइवाट फिन्डीसँग ३-२ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिए ।