एसिसी एसिया कप

एसिसी एसिया कपः टस जितेर फिल्डिङमा पाकिस्तान

काठमाडौं । एसिसी एसिया कपको सुपर फोर खेलमा पाकिस्तानले भाविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।

खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ मा आर प्रेमादाशा क्रिकेट रंगाशालामा सुरु हुने खेलमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।  

समूह चरणमा यी दुईबीचको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तान सुपर फोरमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो ।

भारत पनि पाकिस्तानलाई पराजित गर्दै सुपर फोरको सुरुआत सुखद बनाउने लक्ष्यमा छ ।

भारतले नेपालसँग खेलको टोलीमा दुई परिवर्तन गरेको छ । केएल राहुल र जस्प्रित बुमरहाले मौका पाउँदा श्रेयस अय्यर र मोहम्मद शामी बाहिरिएका छन् ।

पाकिस्तानी टोलीमा कुनै परिवर्तन छैन ।  

भारतको पहिलो रोजाई

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, जस्प्रित बुमराह, केएल राहुल, हार्दिक पान्ड्या, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद सिराज, कुलदीप यादव

पाकिस्तानको पहिलो रोजाई

बाबर आजम (कप्तान),फखर जमान, इमाम उल हक, मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, फहिम अशरफ, शाहिन शाह अफ्रिदी, नसिम शाह, हरिस रौफ