वैशाख २८, २०८२ आइतबार | १७:२३:१५
सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै

यु-१६ साफ च्याम्पियनसिपः उपाधिका लागि भारत र बंगलादेश भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१६ च्याम्पियनसिप २०२३ को फाइनलमा आज भारत र बंगलादेश भिड्दै छन् । भुटानको चाङ्लिङथान रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ः३० सुरु हुनेछ ।

प्रतियोगितामा भारत र बंगलादेशको यो दोस्रो भेट को । एउटै समूहमा रहेका यी दुई टोलीले प्रतियोगिताको पहिलो खेल खेलेका थिए । जसमा नतिजा भारतको पक्षमा गएको थियो । थोउङगाम्बा सिंहको निर्णायक गोलमा भारतले १-० को जित हासिल गरेको थियो । त्यसैले आज बंगलादेशलाई बदला लिने अवसर हुनेछ । तर, प्रतियोगितामा सर्वाधिक १० गोल गरिसकेको भारतलाई हराउन बंगलादेशलाई त्यति सजिलो भने हुनेछैन ।

भारतका मुख्य प्रशिक्षक इस्फाक अहमद भन्छन्,‘हामीले यहाँ सम्म पुग्न धेरै मिहिनेत गरेका छाैं । तर हामीलाई थाहा छ बंगलादेश एकदमै बलियो टोली हो । बंगलादेशविरुद्ध जित हासिल गर्दै हाम्रो सपना साकार पार्नेछाैं ।’

समूहको दोस्रो खेलमा भारतले नेपाललाई १-० ले नै हराएको थियो । त्यसपछि उसले सेमिफाइनलमा माल्दिभ्समाथि ८-० को फराकिलो जित हासिल गर्यो । यद्यपी प्रशिक्षक अहमद सेमिफाइनलको मनोबल खेलाडीमा रहे पनि फाइनलमा बंगलादेशविरुद्ध गाह्रो हुने बताउँछन् ।

‘बंगलादेश सेटपिसमा एकदमै बलियो छ, बल खोस्नमा माहिर छन् । हामीसँगको खेलपछि उनीहरुले आफ्नो खेलमा परिवर्तन ल्याएको छ,’ अहमदले भने ।

सेमिफाइनलमा स्तरीय प्रदर्शन गरेर सबैको नजरमा परेका भारतीय मिडफिल्डर लेभिस जाङमिन्लुन पनि बंगलादेशविरुद्ध एकदमै मिहिनेत गर्नुपर्ने बताउँछन् । ‘हामीले बंगलादेशसँग खेलिसक्यौँ, उनीहरु एकदमै गाह्रो र बलियो टोली हो । हामीले फाइनलसम्म पुग्न धेरै मिहिनेत गरेका छौँ । जुन मिहिनेतलाई हामी खेर जान दिने छैनौं, ’ लेभिसले भने, ‘यो प्रतियोगिताले हामीलाई अनुभव बटुल्ने अवसर दिएको छ । उपाधि घरमा ल्याउन हामी तयार छौं ।’

बंगलादेशको कुरा गर्ने हो भने उसले संघर्षपूर्ण जित निकाल्दै फाइनलसम्मको यात्रा गरेको हो । पहिलो खेलमा भारतसँग हारेको बंगलादेशले दोस्रो खेलमा नेपाललाई १-० ले पराजित गरेको थियो । सेमिफाइनलमा पाकिस्तानमाथि २-१ को पुनरागमन जित हासिल गर्दै बंगलादेश फाइनल पुग्न सफल भयो ।

बंगलादेशका मुख्य प्रशिक्षक सैफुर रेहमान मोनी भन्छन्,‘फाइनल पुग्दा खुसी लागेको छ । तर मैले पहिले पनि भनेको छु, भारतीय टोलीप्रति हाम्रो उच्च सम्मान छ । भारतसँगको हारपछि हाम्रा खेलाडीहरु मनोवैज्ञानिक रुपमा पनि बलियो भएका छन् । आशा छ हामीले पछिल्लो खेलमा गरेका गल्तीहरु सच्याउनेछौं । यदि त्यसो गर्ने हो र योजनामा अडिग रहने हो भने हामीले नतिजा आफ्नो पक्षमा पार्न सक्छौं ।’

बंगलादेशका कप्तान नजमूल हुदा फैजल पनि आत्मविश्वासी छन् ।

‘नेपाल र पाकिस्तानलाई हराएपछि खेलाडीमा उपाधि जित्ने हुटहुटी बढेको छ । भारत बलियो टोली हो । तर, हामी योजनामा अडिग रहनेछौं । मलाई लाग्छ जो सम्यमित भएर खेल्छ, उसले उपाधि जित्नेछ, आशा छ त्यो टोली हामी हुनेछौँ ।’


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP