एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप

भारत र पाकिस्तान उपाधिका लागि भिड्दै

काठमाडौं । एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि आइतबार भारत ‘ए’ र पाकिस्तान ‘ए’भिड्दै छन् ।

 फाइनल खेल श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा नेपाली समय अनुसार दिउँसो २ः१५ बाट सुरु हुनेछ ।  

पाकिस्तान ‘ए’ ले घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० तथा भारत बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

प्रतियोगितामा अपराजित रहेको भारत फाइनलमा पनि त्यसलाई निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

पाकिस्तान पनि समूह चरणमा ब्यहोरेको हारेको बदला लिँदै उपाधि रक्षा गर्न चाहन्छ । समूह चरणमा भारतले पाकिस्तानलाई आठ विकेटले पराजित गरेको थियो ।

पाकिस्तान चौथो तथा भारत तेस्रो पटक इमर्जिङ कपमा फाइनल खेल्दैछन् । सन् २०१३ र २०१७ को उपविजेता पाकिस्तान सन् २०१९ मा च्याम्पियन बनेको थियो ।

सन् २०१३ को च्याम्पियन भारत सन् २०१८ को उपविजेता टोली हो ।

नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।