तेक्वान्दो

कोरियामा नन्दालाई स्वर्ण

काठमाडौं । नेपालकी नन्दा बस्यालले कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)की कार्यकारी बोर्ड सदस्य पनि रहेकी नन्दाले साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टर फाइनलमा इरानलाई हराउँदै स्वर्ण  जितेकी हुन् ।

५७ राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट नन्दासहित अन्य खेलाडीले पनि भाग लिएका थिए ।

खेलकुदको कार्यकारी निकायमा बसेर काम गरिरहेकी नन्दाले सक्रिय खेल जिवनलाई पनि निरन्तरता दिँदै आएकी छन् ।