आइसिसी एक दिवसीय विश्वकप छनोट

वेस्ट इन्डिजविरुद्ध जितको दबाबमा नेपाल

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजको सामना गर्दैछ ।

समूह ए को पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मंगलबार अमेरिकामाथि ६ विकेटको जित निकालेको थियो । 

यता वेस्ट इन्डिजले भने पहिलो खेलमा अमेरिकामाथि ३९ रनको जित निकालेको थियो । वेस्ट इन्डिज समूहको दोस्रो खेल खेल्दैछ । 

समूह ए मा जिम्बाब्वेले दुई खेलमा शतप्रतिशत नतिजा निकालेको छ । जिम्बाब्वे ४ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको वेस्ट इन्डिज र तेस्रो स्थानको नेपालको समान २ अंक रहेको छ । चौथो स्थानको अमेरिका र पाँचौ स्थानको नेदरल्यान्ड्सले अंक खाता खोल्न सकेका छैनन । 

समूहको शीर्ष तीनमा बस्दै सुपर सिक्समा छनोट हुन पनि नेपाललाई आज वेस्ट इन्डिजविरुद्ध जित्नेै पर्ने दबाब रहेको छ । 

समूह बी मा युएई,श्रीलंका, ओमान, आयरल्यान्ड र स्कटल्यान्ड रहेका छन ।