वार्मअप खेल

युएईसँग नेपाल पराजित

फाइल तस्बिर

काठमाडौं । नेपाल आइसीसी एकदिवसीय विश्वकप छनोट ( ग्लोवल क्वालिफायर) को वार्मअप खेलमा युएईसँग  नेपाल पराजितसँग तीन विकेटले पराजित भएको छ ।

जिम्बावेको हरारेमा मंगलबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको दुई सय ७७ रनको लक्ष्य युएईले ४९.५ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो ।

युएईका लागि रोहन मुस्ताफाले ५४  बलमा नौ चौका र एक छक्काको मद्दतमा अविजित रहँदै सर्वाधिक सर्वाधिक ७९ रन बनाए । यसैगरी अर्यांश शर्माले ४९ बलमा नौ चौकाको मद्दतमा ५०, रमिज शाहजादले  ४३, आसिफ खानले ३६, अली नासिरले २७, मोहम्मद वसिमले १९ र वृत्य अरविन्दले १८ रन जोडे । 

नेपालका  लागि ललितनारायण राजवंशी र करण केसीले समान दुई तथा  गुलसन झा, सोमपाल कामी र कुशल मल्लले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक एक सय चार बलमा सात चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७६ रनको योगदान गरे । यसैगरी कुशल मल्लले ४६, अर्का ओपनर कुशल भुर्तेलले ३९, आरिफ शेदेले ३५ र सोमपाल कामीले १५ रन जोडे ।  

पहिलो विकेटका लागि आशिफ र कुशलले ८७ रनको साझेदारी गरेका थिए ।

युएईका लागि अली नासिरले चार तथा कार्तिक मैयप्पन र सन्चित शर्माले समान दुई विकेट लिए ।

नेपालले बिहीबार ओमानसँग दोस्रो वार्मअफ खेल खेल्नेछ ।

जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो ।  नेपालले  दक्षिण अफ्रिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको अभ्यास खेलमा पनि हार ब्यहोरेको थियो ।