एसियाली खेलकुद

एसियाली खेलकुदका लागि टेबल टेनिसका चार खेलाडी छनोट

काठमाडौं । चीनको होङझावमा हुने१९औं एसियाली खेलकुदका लागि टेबल टेनिसको  छनोट पूरा भएको छ ।

एसियाली खेलकुदका लागि पुरुष/महिलातर्फ समान दुई गरी चार खेलाडी छनोट गरिएको अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाली खेलकुदमा सहभागिता पक्का गरे ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष/महिलातर्फ समान ६ खेलाडी सहभागी थिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।