नेपाली महिला क्रिकेट

नेपालको प्रारम्भिक टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । मलेसियासँगको ट्वान्टी- २० शृंखलाका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

नेपाल र मलेसिया महिला टोलीबीचको शृंखाला आगामी मे २९ देखि जुन ४ सम्म हुनेछ ।

शृंखलाका खेल मलेसियाको युएसडी-युकेएम ओभलमा हुनेछन् । नेपाल र मलेसियाबीचको खेल मे २९ र ३० तथा जुन १, ३ र ४ तारिखमा बिहान स्थानिय
समयअनुसार ११ बजे सुरु हुनेछ ।

नेपालले गत वर्ष घरेलु मैदानमा युगान्डाविरुद्ध नेपालले पाँच खेलको ट्वान्टी-२० शृंखला खेलको थियो । उक्त शृंखला युगान्डाले ३-२ ले जितेको थियो।

नेपाली टोलीको प्रशिक्षकमा स्यामसनजंग थापा छन् ।

नेपाली टोली 
रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, अस्मिना कर्माचार्य, संगिता राई, विन्दु रावल, ममता चौधरी, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासनी, सम्झना खड्का, सोनु पाख्रिन, इश्वरी विष्ट, श्रृष्टि जैसी, सरस्वती चौधरी