एसिसी प्रिमियर कप

नेपाल र युएईबीचको खेल मंगलबार हुने

काठमाडौं । नेपाल र युएईबिच साेमबार भइरहेकाे एसिसी प्रिमियर कपकाे फाइनल खेल वर्षाका कारण मंगलबारका लागि सारिएकाे छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा खेल पुनः रोकिएको थियो ।

त्यसपछि खेल सुचारु गर्न सम्भव नभएपछि मंगलबारका लागि सारिएको हो । अब मंगलबार यही अवस्थाबाट खेल सुरु हुनेछ ।

त्यसअघि युएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको अवस्थामा केही समय रोकिएपछि खेल पुनः सुरु भएको थियो ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४६ रन बनाए । यसैगरी आर्यन लाक्रा १३ र कप्तान मोहम्मद वासिम ११ रन जोडे ।

नेपालका लागि ललितनारायण राजवंशीले ३, करण केसी र सन्दीप लामिछानेले समान  २ तथा सोमपाल कामी र गुल्सन झाले समान १ विकेट लिए ।

मंगलबार पनि  वर्षाको कारण खेल हुन सकेन भने सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।

वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था भएमा आइिससीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा माथि रहेकाले नेपाल एसिया कपका लागि छनोट हुनेछ ।

आइसिसीको एकदिवसीय वरियतामा नेपाल १४औं र युएई १९औं स्थानमा छन् ।

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।