माघ १८, २०८२ आइतबार | १२:५१:४६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

खुल्ला टेनिस प्रतियोगिताः अभिषेक र अभिलाषा च्याम्पियन

काठमाडौं । अभिषेक बाँस्तोला र अभिलाषा विष्ट नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्सको पुरुषतर्फ अभिषेक र महिलातर्फ अभिलाषा च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा सोमबार भएको पुरुष फाइनलमा अभिषेकले ऋतिक राणालाई ६-० र ६-१ को सोझो सेटमा पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई सीधा सेटमा ६-४ र ६-४ ले हराइन् ।

पुरुष/ महिला दुवैमा विजेताले ५० हजार तथा उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गरे । 

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ५-७, ६-१ र १०-५ ले पाखा लगाउदै पहिलो भए । 

५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी च्याम्पियन बन्याे । उक्त जोडीले फाइनलमा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि ६-० र ६-२ को सहज जित दर्ता गरेकाे थियाे । 

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरे शीर्ष स्थानमा रहे । जीवनले फाइनलमा जित प्रधानलाई ६-२ र ६-३ ले हराए । ४५ वर्षमाथि पुरुष सिंगल्सको फाइनल भिडन्तमा महेश श्रेष्ठले बाजी मारे। उनले फाइनलमा रोहित सुनुवारलाई ६-४, ४-६ र १०-५ ले निरास बनाएका थिए।

विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा यसअघि मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र सुवर्ण धाक्वाको जोडी तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा च्याम्पियन बने।

हरेक स्पर्धाको शीर्ष ३ स्थान हात पार्नेले नगद पुरस्कार हात पारे । कुल ५ लाख ४२ हजार ५ सय रुपैयाँ  पुरस्कार वितरण गरिएको थियो।

विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका महासचिव समेत रहेका आयोजक काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। 

बैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ५२ खेलाडी सहभागी थिए।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।