टेस्ट

दुई राष्ट्रबाट टेस्ट शतक पूरा गर्ने ब्यालेन्स दोस्रो खेलाडी

सिड्नी । जिम्बाब्वेका ग्यारी ब्यालेन्स दुई राष्ट्रबाट टेस्ट शतक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन । 

वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको चौथो दिन जिम्बाब्वेबाट डेब्यु गरिरहेका ब्यालेन्सले अविजित १ सय ३७ रन जोडेका थिए । इङ्ल्यान्डका पूर्व ब्याटर ब्यालेन्सको शतकसँगै जिम्बाब्वेले ३७९–९ मा इनिङ समाप्तीको घोषणा गरेको थियो । वेस्ट इन्डिज चौथो दिनको खेल समाप्तीमा २१–० मा खेलिरहेको छ । यससँगै वेस्ट इन्डिजले ८९ रनको अग्रता लिएको छ । 

वेस्ट इन्डिजले ४४७–६ मा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । जिम्बाब्वे पहिलो इनिङमा वेस्ट इन्डिजभन्दा ६८ रनले पछि परेको थियो ।

ब्यालेन्सले इङ्ल्यान्डबाट चार टेस्ट शतक पूरा गरेका थिए । उनले पछिल्लो पटक सन् २०१५को अप्रिलमा वेस्ट इन्डिजविरुद्ध नै शतक पूरा गरेका थिए । 

उनले डिसेम्बरमा मात्र जिम्बाब्वेबाट खेल्ने निर्णय लिएका थिए । 

यसअघि किप्लर वेस्लेसले  दक्षिण अफ्रिकाका साथै अस्ट्रेलियाबाट समेत टेस्ट शतक पूरा गरेका थिए ।