क्लब विश्वकप

अल हिलाल पहिलो पटक क्लब विश्वकपको फाइनलमा

रबाट । सलिम अल दसारीले पहिलो हाफमा गरेको दुई गोलमा १० खेलाडीमा सीमित  फ्लेमिगोलाई ३-२ ले पराजित गर्दै अल हिलाल मंगलबार पहिलो पटक क्लब विश्वकपको फाइनल प्रवेश गरेको छ ।

खेलको चौथो मिनेटमा अल दसारीले पेनाल्टीमा गोल गर्दै अल हिलाललाई खेलमा अघि बढाएका थिए ।  २०औं मिनेठटमा पेड्रोले फ्लेमिगोलाई खेलमा फर्काएका थिए । पहिलो हाफको इन्जुरी समयको आठौं मिनेटमा ग्रेसन रातको कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि फ्लेमिगोले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । नवौं मिनेटमा अल दसारीले पेनाल्टीमै गोल गर्दै अल हिलाललाई पुनः अग्रता दिलाएका थिए । 

७०औं मिनेटमा लुसियानो भिइटोले अल हिलालको अग्रता ३-१ मा पुर्याएका थिए ।

इन्जुरी समयको पहिलो मिनेटमै पेड्रोले पुनः  फ्लेमिगोका लागि दोस्रो गोल गरे पनि त्यो टोलीलाई खेलमा फर्काउन पर्याप्त भएन ।

दोस्रो सेमिफाइनलमा चार पटकको विजेता रियाल मड्रिडले अल अलेको सामना गर्नेछ । क्लब विश्वकपको फाइनल शनिबार हुनेछ ।