राष्ट्रिय मुवाँथाइ प्रतियोगिता

राष्ट्रिय मुवाँथाइः रोहित सेमिफाइनलमा

काठमाडौं । बाग्लुङका रोहित कायेट दोश्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिताको पुरुष ६० केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा काभ्रेका सुजित गुरुङ, काठमाडौंका अकेश केसी र मकवानपुरका गौतम थिङ पनि सेमिफाइनलमा पुग्न सफल भए ।

नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५५ केजीको समूह ‘ए’ मा नुवाकोटका विजय राई, कास्कीका जसबहादुर गुरुङ, ललिपतुरका गोरक्ष खड्का र एनआरएनएका योगेन्द्र ग्याल्छो घलेले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भइरहेको प्रतियोगिताको उक्त तौल समूहको समूह ‘बी’ मा सर्लाहीका सविन वाइबा, काठमाडौंका मनीष राई, खोटाङका अनिल वज्राचार्य र एपीएफका निरज नगरकोटीले सेमिफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको उद्घाटन राखेपका सदस्यसचिव टंकलाल घिसिङले गरे । तीन दिने प्रतियोगितामा करिब १ सय खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतीले जनाएका छन् ।