एफए कप

बर्नामाउथको सहज जित

काठमाडौं । प्रिमियर लिग क्लब एएफसी बर्नामाउथ एफए कपको पाँचौ चरणमा पुग्ने पहिलो टोली बनेको छ ।

बिहीबार राति भएको खेलमा घरेलु टोली बर्नामाउथले च्याम्पियनसिप टोली स्वान्सी सिटीलाई ५–० ले हरायो ।

बर्नामाउथको जितमा पाँच फरक खेलाडीले गोल गरेका छन् । खेलको सातौँ मिनेटमा लोडी केलीले अग्रता बनाए । एलेक्स स्कटले दशौं मिनेटमा अग्रता दोब्बर बनाएका हुन् । 

लुइस सिनिस्टरले १४औं मिनेटमा ३–० को अग्रता बनाए । ४४औं मिनेटमा डोमिनिक सोलान्कले गोल गर्दै पहिलो हाफमै ५–० को सहज जिततर्फ अग्रसर भयो ।

दोस्रो हाफमा भने स्वान्सीले निकै राम्रो खेलेको थियो । तर, गोल भने फर्काउन सकेन ।