वाइल्डवाटर क्यानोइङ इन्टरनेशनल ओपन

नेपाली क्यानाेइङ टोलीको बिदाइ

काठमाडौं । डिसेम्बर २६ देखि जनवरी १ सम्म चीनको नु जियाङमा हुने वाइल्डवाटर क्यानोइङ इन्टरनेशनल ओपनमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष्य जीवनराम श्रेष्ठले साेमबार चार सदस्यीय टोलीलाई बिदाइ गरेका हन् । नेपाली टोलीको लिडरमा सूर्य प्रसाद, प्रशिक्षकमा युवराज अधिकारी तथा खेलाडीमा विक्रम गुरुङ गणेश गुरुङ छन् ।

अध्यक्ष श्रेष्ठले टोलीलाई शुभकामना दिँदै सहभागीहरुलाई आफ्नोतर्फबाट उत्कृष्ट प्रदर्शन गर्न अग्रह गरे । बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस), नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघ (एनआरसिए)का अध्यक्ष राजीव श्रेष्ठ, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महेश थापा र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको उपस्थिति थियो ।