क्यारेवियन प्रिमियर लिग

तीनपटकको विजेता जमैका थलावासले सिपिएल नखेल्ने

काठमाडौं । तीनपटको विजेता जमैका थालावाले क्यारेवियन प्रिमियर लिग (सिपिएल) नखेल्ने भएको छ । जमैकाका मालिक क्रिस परसौडले क्लबको स्वामित्व सिपिएल व्यवस्थापनलाई नै बेचेका हुन् ।

‘फ्रेन्चाइज खरिद गरे पनि उनीहरुले क्लबलाई दिगो रुपमा सञ्चालन गर्न सकेनन् । त्यसैले उनीहरुसँग क्लब बिक्री गर्नु बाहेक अन्य विकल्प थिएन,’ सिपिएलका प्रवक्ताले इएसपिएनसँग भने ।’

जमैकाले सन् २०१३, २०१६ र २०२२ मा उपाधि जितेको थियो । सन् २०२४ को सिजनमा जमैकालाई एन्टिगुआमा आधारित फ्रान्चाइजीले प्रतिस्थापन गर्नेछ । तर क्लबको नाम भने यकिन भइसेको छैन ।

यसअघि यो टापुको एन्टिगुआ हक्सबिल्सले सिपिएलको सुरुआत दुई सिजनमा सहभागीता जनाएको थियो । तर क्लबले मात्र तीन जित निकाल्न सक्यो । सन् २०१५ मा हक्सबिल्सलाई सेन्ट किट्स र नेभिस प्याट्रियट्सले प्रतिस्थापन गरेका थिए ।