एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

एपिएफलाई तेस्रो स्थान

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले  सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ ।

एपिएफले  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट १५–२५ ले गुमाए पनि  उत्कृष्ट पुनरागमन गर्दै एपिएफले त्यसपछिका तीन सेट २५–२०,२५–२३ र २५–१८ ले आफ्नो पक्षमा पर्दै तेस्रो स्थान हासिल गरेको हो ।

तेस्रो स्थान हासिल गरेसँगै एपिएफले एक लाख रुपैयाँ प्राप्त गरेको छ । 

सेमिफाइनलमा एपिएफ साबिकको विजेता त्रिभुवन आर्मी क्लबसँग २५–२३, २५–१६ र २५– १७ तथा पुलिस हेल्प नेपाल स्पोर्टस क्लबसँग २१–२५,२६–२४,१७–२५, २५–२० र ८–१५ ले पराजय ब्यहोरेका थिए ।