काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप

किर्गिस्तान फाइनलमा

ढाका । किर्गिस्थान काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपको फाइनालमा प्रवेश गरेको छ ।

कीर्तिस्ताले आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रींलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

किर्गिस्तानले बंगलादेशको ढाकास्थित सहिद शुरवार्दी नेसनल इन्डोर रंगशालामा निकै रोमाञ्चक बनेको खेलको पहिलो सेट २७–२५ ले जितेको किर्गिस्तानले दोस्रो सेट २५–२१ तथा तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।

किर्गिस्तानले सोमबार हुने फाइनलमा आयोजक बंलादेश र नेपालबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।