महिला भलिबल

महिला भलिबलमा एपिएफको विजयी सुरुआत

पोखरा । नवौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफले विजयी सुरुआत गरेको छ ।

म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशलाई  ३-० को सोझो सेटमा पराजित गर्यो । एपिएफले २५-६, २५-०२ र २५-०७ को सेटमा कर्णालीमाथि जित निकालेको थियो ।

महिला भलिबलमा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको छ । शुक्रबार हुने तीन खेलमध्ये  बागमती प्रदेश र प्रदेश १, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशका खेल हुँदैछन् ।